बाल उद्धार उमावीको व्यवस्थापन समिति गठन

बाल उद्धार उमावीको व्यवस्थापन समिति गठन

काठमाडौँ (कपन अनलाइन) श्रावण २०
बूढानीलकण्ठ–१२, कपन, बेखस्थित बाल उद्धार उमाविको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष डम्बर अधिकारीको कार्यकाल अत्यन्त सफल रहेको भन्दै आज सम्पन्न भएको छ । यद्यपी अधिकारीको पहिलो र दोस्रो कार्यकालमा स्कुलले तुलनात्मक रुपमा शैक्षिक भन्दा भौतीक रुपमा फड्को मारेको भन्दै उपस्थीत राजनीतीक दलका कार्यकर्ता तथा अन्य व्यक्तित्वले अधिकारी र अधिकारीको समुहलाई प्रशंशा गर्नमा कन्जुस्याई देखाएनन् ।

20150806_130609
कार्यक्रमको पहिलो सत्रमा विद्यालयका गतिवीधि तथा सामाजीक परिक्षण समेत गरिएको थियो भने दोस्रो सत्रमा अबका ३ वर्षका लागी नेपाली कांग्रेस निकट अभिभावक डिल्ली प्रसाद डोटेललाई विद्यालयको भाग्य र भविष्य कोर्नका लागी ठुलो चुनौतीको भारी बोकाउदै नयाँ विद्यालय व्यवस्थापन समिति को सर्वसम्मत अध्यक्ष चयन गरेको छ । सोही भेलाले नै अन्य ३ निर्वाचित सदस्यमा नेकपा एमालेका क्षेत्रिय उपाध्यक्ष तथा विद्यालयका अभिभावक लक्ष्मी संग्रौला त्यसै गरी एनेकपा माओवादीका पुर्व गाउँ कमिटि सचिव एवं अभिभावक सञ्चीता पौडेल (डोटेल) तथा एमाओवादी निकट अर्का अभिभावक धु्रव वहादुर गौतमलाई सर्वसम्मत चयन गरेको छ । यद्यपी नव निर्वाचित अध्यक्ष डोटेल एक निजि विद्यालयका सञ्चालक समेत हुन् ।

20150806_161438
विद्यालय व्यवस्थापन समितिको गठन औपचारिक रुपमा आजलाई भनिएता पनि बुनपा १२ का क्रियाशिल दल नेपाली कांग्रेस, नेकपा एमाले तथा एनेकपा माओवादी विच अघिल्लो दिननै सहमती भएको र आफ्नो दललाई समावेश नगरी नाटक मञ्चन गर्न खोजिएको भन्दै राप्रपा नेपालका कार्यकर्ता आईते लामाले करिब २ घण्टा निर्वाचन प्रक्रियालाई प्रभाव पारेका थिए । लामालाई सहमतीमा ल्याउन राजनितिक दलका अगुवा तथा निवर्तमान अध्यक्ष डम्बर अधिकारी कहिले एउटा कुना र कहिले अर्को कुना गरिएको दृश्य हेर्न लायकको थियो भने अर्कातीर निवर्तमान व्यवस्थापन समितिप्रति अनुदार केहि व्यक्तिहरु भने उनलाई उचाल्नमा व्यस्त देखिन्थे । करिब २ घण्टा पछी निवर्तमान अध्यक्ष अधिकारीलेनै लामाको मागलाई सम्बोधन गर्दै राप्रपा नेपालका प्रतिनिधिलाई व्यवस्थापन समितिमा ल्याउने वचन वद्धता पछी सहमतीको वातावरण बनेको थियो । स्मरण रहोस करिव ४ वर्ष अघि पनि यसै विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा तत्कालीन नेकपा माओवादीका क्षेत्रीय सेक्रेटरी सञ्जय अर्याललाई सर्वसम्मत अध्यक्ष बनाउन राजनीतीक दलले सहमती जुटाए पनि लामा एक्लैका कारण अर्याल अप्ठ्यारोमा परेपछी पछि हटेका थिए भने करिब ६ महिना विद्यालय व्यवस्थापन समिति विहिन वन्न पुगेको थियो । तत्पश्चात पुनः राजनितिक दलको सहमतीमा एनेकपा माओवादीका नेता अधिकारी दोस्रोपटक अध्यक्ष भएका थिए ।

20150806_155145
करिव ११०० विद्यार्थी पठन पाठन गर्ने यस स्कुलमा आजको अभिभावकको उपस्थीती भने दुई अङ्कमै सिमिति देखिन्थ्यो । यो उपस्थीत संख्याको जिम्मेवार व्यवस्थापन समिति चयनको नयाँ नियमावली हो या अभिभावक आफै त्यो पाटो खोतल्नु जरुरी छ नियमाक नीकायले । आजै सो अवसरमा भेटिएको एक महिला अभिभावकलाई व्यवस्थापन समिति गठन सम्बन्धमा प्रश्न गर्दा उहाँका छोरा छोरी यस विद्यालयमा पढ्ने गरेको र आफु व्यवस्थापन समिति चयन प्रति अनभिज्ञ रहेको बताइन् । तर उनको भावलाई हेर्दा अरुले मनोनयन पत्र दर्ता गर्दा आफु पनि हुन पाए हुन्थ्यो भन्ने प्रष्टै देखिन्थ्यो समस्या त्यहि थियो साधारण लेखपढ अनि समाज र शिक्षा प्रतिको अनभिज्ञता । विद्यालय को विद्यालय व्यवस्थापन समितिमा राजनितीक हस्तक्षेप हुने मुलुकमा कुनै नौलो विषय होइृन तर यस स्कुलका सन्दर्भमा स्थानीय राजनितिक दलले प्रतिष्ठाको विषयको रुपमा लिने गरेको प्रष्टै देखिन्छ ।

20150806_130602

यस अघिको नियमावलीले विशेषतः राजनितिक दलका नेतालाई सजिलो ढङ्गले अभिभावक वनाउने लाइसेन्स प्रदान गरेको थियो । राजनितिक दलका नेताले निजी विद्यालयमा आफ्ना छोरा छोरी पढाउने तथा सामुदायीक विद्यालय व्यवस्थापन समितिमा हस्तक्षेपकारी भुमिका खेल्न भर्ना भने सामुदायीक स्कुलमा गर्ने गरेका थिए तर नयाँ नियमावलीले भर्ना मात्र गरेर नपुग्ने विद्यालय सञ्चालन भएको कुल हाजीरीको ७५ प्रतिशत अनिवार्य उपस्थीत हुनुपर्ने व्यवस्थाले राजनीतीक दललाई चोट पुगेको हुनुपर्छ । अर्कातीर सामुदायीक विद्यालयका असली अभिभावकको समस्या शैक्षिक योग्यता नै देखिन्छ । किनकी विद्यालय सञ्चालन भएको कक्षा सम्मको शैक्षीक योग्यता अभिभावकको हुनुपर्ने वाध्यात्मक नियमावलीले कति सम्भावना बोकेका अभिभावकहरुको ढोका वन्द गरिदिएको छ । जसकारण विद्यालय राजनीतीक भागवण्डामै चल्ने गरेको छ भने अभिभावकको विद्यालय प्रतिको चासो तथा शैक्षिक गतिविधि लगायत अन्य गतिविधिमा भुमीका गौण देखिन्छ । नेपाली उखान जसको जोत उसको पोत भनेजस्तै जवसम्म सामुदायीक विद्यालयमा अभिभावकहरु विद्यालय प्रति उत्तरदायी हुदैनन्, शिक्षकहरु तलवी मानसीकता भन्दा माथी उठ्न सक्दैनन् तवसम्म सामुुदायीक विद्यालयको शैक्षिक विकासको परिकल्पना व्यर्थ हुनेछ भने अर्कातीर यहि परिपाटी रहे सामुदायीक विद्यालय एकादेशको कथा नहोला भन्न सकिन्न । आशा गरौ २५ औ वार्षिकोत्सव यस विद्यालयले मनाउँदा यी र यस्ता सँस्कृती मेटीयोस र यस विद्यालयमा गर्वकासाथ सवै वर्ग र क्षमताका अभिभावकका लागी आफ्नो सन्तती पढाउने थलो होस् ।

तपाइँको प्रतिक्रिया ।