भक्तपुरमा बलात्कारका घटना बढे

भक्तपुरमा बलात्कारका घटना बढे

भक्तपुर, १९ साउन । विगतका वर्षहरुमा भन्दा यसवर्ष भक्तपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले विगत दुईवर्षको दाँजोमा यसवर्ष बलात्कारका घटनामा वृद्धि भएको जानकारी दिएको हो ।

आव २०६९÷७० मा १५ वटा बलात्कार र दुईवटा बलात्कारको उद्योगसम्बन्धी घटना भएको भक्तपुरमा आव २०७०÷७१ मा बलात्कारका घटना १५ वटा र बलात्कार उद्योग तीनवटा घटना भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

त्यसको दाँजोमा आव २०७१÷७२ मा भने बलात्कारका १९ वटा घटना घटेको र नौवटा बलात्कार प्रयासका घटना भएको उहाँले बताउनुभयो ।

बलात्कारका अधिकांश घटना चिनजानको व्यक्तिबाटै भएको र दुईजना बालिकालाई ललाइफकाई बलात्कार गरेको पाइएको छ ।

प्रहरीका अनुसार पटकपटक यौन सम्बन्ध भएर दुईजना बीच असमझदारी भएपछि बलात्कार भएको उजुरी आएकाले कतिपयलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

तपाइँको प्रतिक्रिया ।