जुत्ताको समरसेल मेला हुने

जुत्ताको समरसेल मेला हुने

नेपाली जुत्ता घरको आयोजनामा राजधानीको जमल, महाराजगञ्ज र कुमारीपाटीका शोरुमहरुमा समरसेल मेला हुने भएको छ । यही २०७२ साउन २१ गते देखि सिमित अवधिसम्मको लागि सञ्चालन हुन गइरहेको छ । नेपाली जुत्ताघर अन्र्तगत नेपालका चर्चित एवं बं्राण्डेड जुत्ता उत्पादक कम्पनीहरु बी.एफ.डियर हिल सुज, शिखर सुज, क्रस रोड, स्काई सुज, सफ्टटच सुज, टाकुरा सुज, कोसेली छाला जुत्ता, लेदर विङ्गस्, इजी सुज र सु ल्याण्ड ब्राण्डका जुत्ता÷चप्पल कम्पनीहरुको सहभागीता रहेको छ ।
Logo
यो समर सेल नेपाली जुत्ता घरको आयोजनामा गर्न लागिएको पहिलो संस्करण हो । यस समरसेल मेलामा गर्मीे यामलाई लक्षित गरि विभिन्न जुत्ता÷चप्पलहरुमा भारी छुट दिइने छ । मेलामा रु. १००, ३००, ५००, ७०० र १००० देखि ३००० सम्मको जुत्ता तथा चप्पलहरु उपोभोक्ताले खरिद गर्न सक्नेछन् । मेलामा कम्पनीहरुले जुत्ता तथा चप्पलको खुद्रा मुल्यमा ७० प्रतिशतसम्म छुट दिइएको छ । मेलाको आयोजक कम्पनी नेपाली जुत्ता घर विभिन्न प्रतिस्पर्धि ब्राण्डहरुको आफ्नै सक्रियतामा करिब तीन वर्ष अघि स्थापना भएको हो । नेपाली जुत्ता घरको हाल उपत्यकामा ४ ओटा सो रुमहरु सञ्चालनमा रहेका छन् जसमा जमल, कुमारीपाटी, महाराजगञ्ज र पुलचोक (नमस्ते सुपरमार्केट) यसका शाखाहरु रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।