Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/08/1438606447318_KS-KTM-Oli-Delivers-Remarks-1024x584.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सीमाङ्कनसहित साउनभित्रै संविधान ः अध्यक्ष ओली ( अडियो सहित )

काठमाडौँ, १८ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सीमाङ्कनसहित साउनभित्रै नेपालको संविधान जारी हुने बताउनुभएको छ । गन्तव्य नेपालको ११औँ वार्षिकोत्सव समारोह–२०७२ को उद्घाटन गर्र्दै उहाँले एक÷दुईदिनभित्रमा सहमति जुटाई सीमाङ्कनसहित साउनभित्रै संविधान जारी हुने बताउनुभयो । अडियो सुनुहोस्

एमालेका अध्यक्ष केपी शर्मा


अध्यक्ष ओलीले भन्नुभयो, “सीमाङ्कन बडो ठूलो विषय बनेको छ, यसले गर्दा केही मान्छे संविधान नै आउँदैन कि भन्ने सोचमा छन् तर सीमाङ्कनसहित संविधान साउनभित्रै आउँछ ।” सहमतिबाट आउने संविधान राष्ट्रिय एकता र आधुनिक नेपालको निर्माण गर्ने खालको हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, “संविधान जारी गर्न किन हतार ? केपी ओलीलाई प्रधानमन्त्री बन्न हतार भएर हो ? भन्ने कुरा आएको छ, अहिलेसम्मका आन्दोलन केपी ओलीलाई प्रधानमन्त्री बनाउनै भएको हो त ?”

Oli Delivers Remarks

अध्यक्ष ओलीले संविधान सुस्तरीसँग जारी गर्ने भन्दाभन्दै अघिल्लो संविधानसभा नै असफल भएको उदाहरण प्रस्ट रुपमा भएकाले संविधान जारी गर्न ढिला गर्न नहुने विचार व्यक्त गर्नुभयो । पर्यटकीय हिसाबले भूकम्पपश्चात्को नेपाल सुरक्षित गन्तव्य भएको भन्दै उहाँले पर्यटकीय दृष्टिकोणले नेपाल सुन्दर, आकर्षक रहेको बताउनुभयो । सभासद् जगदीशनरसिंह केसीले दलहरुले गरेको सहमतिअनुसार सकेसम्म साउन अन्तिममा नभए आगामी भदौ २ गतेसम्म संविधान जारी गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले नेपाल पर्यटकीय दृष्टिकोणले उपयुक्त छ भन्ने कुरालाई विश्वभरि नै फैलाउनका लागि पर्यटनविद्ले ध्यान दिनुपर्ने र त्यसका लागि सरकार र दलका नेताहरुले आवश्यक सहयोग गर्न सक्ने विचार व्यक्त गर्नुभयो । सभासद् जनार्दन शर्माले प्रस्तावित नयाँ संविधानको सुझावलाई आत्मसात् गरेर जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटनको प्रशस्त सम्भावना भए पनि राज्यको नीति र योजना अभावका कारण पर्यटन क्षेत्रले गति लिन नसकेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, नेकपा (एमाले) केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख सूर्य थापा, पर्यटनविद् विक्रम पाण्डे, गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीलगायतले भूकम्पपछिको पर्यटन प्रवद्र्धनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा सो संस्थाले आजैबाट सञ्चालन गरेको ‘गन्तव्य नेपाल न्यूज डटकम’ को अध्यक्ष ओलीले शुभारम्भ गर्नुभयो ।

राससका पत्रकार अधिकारी पुरस्कृत
पर्यटनको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै गन्तव्य नेपालले राष्ट्रिय समाचार समितिका संवाददाता सिवी अधिकारीलाई नगदसहित पुरस्कृत गरेको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नगद रु १० हजारसहित सम्मानपत्र पत्रकार अधिकारीलाई प्रदान गर्नुभयो ।

त्यस्तै बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुङ्गाना, अर्थ र व्यापार साप्ताहिकका सम्पादक नविक काफ्लेलाई अध्यक्ष ओलीले सम्मान गर्नुभयो । कार्यक्रममा संस्थाको यस वर्षको ‘पर्यटन वर्ष व्यक्तित्व–२०१५’ को उपाधिको अवार्ड पर्यटनविद् विक्रम पाण्डेलाई अध्यक्ष ओलीले प्रदान गर्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।