Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/08/1438591582493_KS-KTM-Hindu-Supporters-Demands-Nepal-as-a-Hindu-State-1024x767.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

ढोल बजाई हिन्दू राष्ट्रको माग

काठमाडौँ, १८ साउन । बाजागाजा, शङ्ख र ढोल बजाई संविधानसभा भवन नयाँबानेश्वरसम्म प्रदर्शन गरेर हिन्दू राष्ट्रको माग गरिएको छ ।

नयाँ संविधानमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्रको व्यवस्था गरिनुपर्ने माग गर्दै आएका सङ्घसंस्थाले संयुक्त रुपमा आज माइतीघर मण्डलादेखि बानेश्वर र गौशालादेखि संविधानसभा भवन गरी दुईतिरबाट पदयात्रा निकालीे ढोल बजाई हिन्दू राष्ट्रको माग गरेका छन् ।

Hindu Supporters Demands Nepal as a Hindu State
कार्यक्रममा नेपाली काँग्रेस हिन्दू राष्ट्र अभियानका संयोजक खुमबहादुर खड्काले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता दुवै उस्तै भएकाले संविधानमा हिन्दू राष्ट्र उल्लेख गरिनाको विकल्प नभएको बताउनुभयो । “संविधानको मस्यौदामा जनताको सुझाव लिन गरिएको कार्यक्रममा ९० प्रतिशतभन्दा बढी जनताले सनातन हिन्दू राष्ट्र माग गरेका छन्, त्यो माग पूरा हुनुपर्छ, हिन्दू राष्ट्र कायम गर्न नसक्ने हो भने जनमत सङ्ग्रह गरियोस्”, उहाँले भन्नुभयो ।

सो अवसरमा विश्व हिन्दू महासङ्घका उपाध्यक्ष संहिताशास्त्री, अर्जुनप्रसाद बास्तोला, संयुक्त सनातन मोर्चाका संयोजक मिठाराम विश्वकर्मा र ब्राह्मण समाजका कावा अध्यक्ष रुवयनाथ कोइरालालगायतले जनताको मागअनुसार हिन्दू राष्ट्र« कायम गर्न नसके लोकतान्त्रिक विधिअनुसार जनताको राय लिन जनमत सङ्ग्रहमा जाने हिम्मत गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

पदयात्रा नयाँबानेश्वर एभरेस्ट होटल अगाडि पुगेपछि प्रहरीले रोक्ने प्रयास गरेपछि प्रदर्शनकारी र प्रहरी बीचमा केहीबेर सामान्य झडप भएको थियो ।

तपाइँको प्रतिक्रिया ।