Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/08/slc-board-edukhabar-1024x576.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

एसएलसी पूरक परीक्षाको सम्पूर्ण तयारी पूरा, २४७ परीक्षा केन्द्र निर्धारण

भक्तपुर, १८ साउन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन २० गते बुधबारदेखि सुरु गर्ने एसएलसी पूरक (मौका) परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । विसं २०७१ को एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले आज जानकारी दिनुभयो ।

slc-board-edukhabar

उहाँका अनुसार कुल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी हुने परीक्षाका लागि कार्यालयले देशभर कुल २४७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री सबै जिल्ला पु¥याइसकिएको बताउँदै उहाँले पूरक परीक्षाको परीक्षा केन्द्र सदरमुकाम केन्द्रित गरिएको बताउनुभयो ।

परीक्षामा एक विषयमात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेको उहाँले जानकारी दिनुभयो । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गते सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।