Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/08/1438496513638_RS-KTM-prakashman-singh-1-1024x576.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

उपप्रधानमन्त्री सिहंद्धारा शिलान्यास

काठमाडौँ, १७ साउन । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले विश्वनिकेतन उच्च मावि, त्रिपुरेश्वरमा निर्माण गर्न लागिएको पाँचकोठे ‘बिपी गणेशमान स्मृति भवन’को आज शिलान्यास गर्नुभयो ।
1438496513638_RS-KTM-prakashman singh-1

नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिको विद्यालय पुनः निर्माण अभियानअन्तर्गत एम एसिया च्यारिटेबल ट्रस्ट, मञ्चन नेपाल र सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटीको सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको हो । रु १५ लाखमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त भवन भूकम्प प्रतिरोधात्मक हुने र एउटा कोठामा ३५ जना विद्यार्थीलाई पढाउन सकिने बताइएको छ ।

सो अवसरमा नेपाली काँग्रेसका महामन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री सिंहले भूकम्पबाट क्षति भएका विद्यालयहरुमा नेपाल विद्यार्थी सङ्घले सहयोग गरेकोमा सराहना गर्दै अस्थायी कक्ष सञ्चालन भइरहेको यस विद्यालयमा अब स्थायी रुपमा कक्षा कोठामै पढाइ सुरु हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकका अन्य ठाउँमा पनि भूकम्पबाट क्षति भएका सार्वजनिक विद्यालयको कक्षाकोठा पुनः निर्माणमा नेपाल विद्यार्थी सङ्घ लाग्नुपर्ने बताउँदै संसद् विकास कोषबाट प्राप्त हुने रकम विद्यालयको पुनः निर्माणमा खर्च गरिने बताउनुभयो ।

कार्यक्रममा सभासद् अशोक कोइराला, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णलगायतले भूकम्पबाट क्षति भएका सार्वजनिक विद्यालयको पुनः निर्माणमा सबै समुदाय लाग्नुपर्नेमा जोड दिनु भयो ।

तपाइँको प्रतिक्रिया ।