आक्रमणमा दुइ सैनिकको मृत्यू

इस्ताबुल, १७ साउन । पूर्वीे टर्कीमा आइतबार बिहान सवेरै कुर्दिस्तान वर्करस् पार्टी (पिकेके) ले गरेको एक आत्मघाती आक्रमणमा कम्तीमा दुई टर्कीज सैनिकको मृत्यु हुनुको साथै अन्य २४ जना घाइते भएका छन् । पूर्वी टर्कीको आग्री प्रान्तको दोगुबायाजित जिल्लामा अवस्थित एक सैनिकको चौकीमा आत्मघाती आक्रमणकारीहरुले विस्फोटक पदार्थले भरिएको एक ट्याक्टर विस्फोटन गराएको स्थानीय गभर्नर कार्यालयलाई उदृत गर्दै आनाटोरिया समाचार समितिले जनाएको छ ।

यस आक्रमणको पिकेके आतङ्ककारी समूहले जिम्मा लिएको बताइएको छ । उत्तरी इराकमा टर्कीज युद्धकविमानले हवाई आक्रमण सुरु गरेपछि गत केही समययता पिकेके आतङ्ककारी समूहले टर्कीज सुरक्षाबललाई लक्ष्यगरी आक्रमण सुरु गरेका छन् ।
एएफपी समाचार समितिका अनुसार गत हप्तादेखि टर्कीमा सुरक्षाबललाई लक्ष्यगरी पिकेकेले गरेको आक्रमणमा कम्तीमा १७ सुरक्षाकर्मीको मृत्यु भएको छ । -एएफपी

तपाइँको प्रतिक्रिया ।