बौद्धनाथ क्षेत्र चालु आर्थिक वर्षका लागि रु १२ करोड १८ लाखको बजेट

बौद्धनाथ क्षेत्र चालु आर्थिक वर्षका लागि रु १२ करोड १८ लाखको बजेट

काठमाडौँ, १६ साउन । बौद्धनाथ क्षेत्र विकास समितिले चालु आर्थिक वर्षका लागि रु १२ करोड १८ लाखको बजेट आज सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा रु छ करोड ५० लाखको बजेट प्रस्तुत गरिएकामा अहिले झन्डै दोब्बरले बजेट प्रस्तुत गरिएको हो । वैशाख १२ गतेको भूकम्पका कारण त्यस वरिपरिको सम्पदा तथा ऐतिहासिक स्मारकको जीर्णोद्वार तथा मर्मतका लागि खर्च वृद्धि भएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा समितिका कार्यकारी निदेर्शक फुबु याङ्जी लामाले विभिन्न स्रोत परिचालन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ सङ्घ संस्थाबाट सो रकमको आम्दानी गरी खर्च गरिने कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

भूकम्पका कारण क्षति भएको बौद्धनाथको जीर्णोद्धारलाई प्राथमिकतामा राखिएको छ भने त्यस आसपास क्षेत्रका सम्पदा तथा संस्कृतिको संरक्षणमा समेत खर्च विनियोजन गरिएको छ ।

उक्त कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले भूकम्पका कारण मुलुकमा ठूलो धनजन र सम्पदाको क्षेत्रमा क्षति पुगेको यस्तो विपद्को बेलामा कुशलतापूर्वक पुनः संरचनामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशमा रहेको प्राकृतिक सौन्दर्यता तथा सम्पदाका कारण नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट पहिचान रहेकाले धार्मिक तथा सांस्कृतिक सम्पदालाई पुरानै अवस्थामा कसरी ल्याउने त्यसमा सबैको चासो र सरोकार हुनुपर्ने बताउनुभयो ।

नेपालका लागि चीनका राजदूत वु छुन्ताईले दुई देशबीचको सदियाँै पुरानो मैत्रीसम्बन्धलाई जनस्तरमा पु¥याउनुपर्नेमा जोड दिँदै शान्ति तथा सद्भाव कायम राख्न यस्ता सम्पदाको महत्व हुने हुँदा भूकम्पले क्षति पु¥याएका ऐतिहासिक सम्पदाको मर्मत तथा जीर्णोद्धारका लागि चीन सरकारले सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्व राजदूत गणेश योञ्जनले बौद्ध दर्शन, साहित्य र संस्कृतिलाई प्रवद्र्धन तथा संरक्षणका लागि समितिले गरेका विभिन्न गतिविधिको सरहाना गर्नुभयो ।

समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले पुरातत्व विभागले बौद्धनाथको जीर्णोद्धारका लागि अध्ययन प्रतिवेदन उपलब्ध नगराएकाले काम अघि बढउन चुनौती थपिएको विचार व्यक्त गर्दै समितिले बौद्धनाथको संरक्षणका साथै स्थानीय जनतालाई लाभ हुने विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आएको बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।