भट्टलाई ‘साहित्य सन्ध्या–मन’पुरस्कार

काठमाडौँ, १७ साउन । साढे छ दशकदेखि नेपाली प्रगतिवादी साहित्यको समृद्धिमा विशिष्ट योगदान गरेबापत वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टलाई २०७१ सालको ‘साहित्य सन्ध्या–मन पुस्कार तथा सम्मान’ दिइने भएको छ ।
त्यसैगरी नेपाली प्रगतिवादी साहित्यको लेखन, गायन तथा सामाजिक रूपान्तरणको मेची–महाकाली अभियानमा उल्लेख्य योगदान गरेबापत नमुना शर्मालाई २०७१ सालको ‘साहित्य सन्ध्या पुस्कार तथा सम्मान’ दिइने भएको संस्थाका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो । ती सम्मान आगामी भदौ ५ गते दिइने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।