काभ्रेपलाञ्चोकमा जबर्जस्ती करणी उद्योगका मुद्दामा वृद्धि

काभ्रेपलाञ्चोकमा जबर्जस्ती करणी उद्योगका मुद्दामा वृद्धि

बनेपा, १४ साउन । काभ्रेपलाञ्चोकमा जबर्जस्ती करणी उद्योगका मुद्दा ५४ प्रतिशतले वृद्धि भएको छ । तर जबर्जस्ती करणीको मुद्दा भने घटेको देखिएको छ ।

111

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आज धुलिखेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिएको हो ।

आर्थिक अभाव, लोभलालचमा फसेको, साक्षरतामा कमी, आधुनिकताको नक्कल, मादक पदार्थ तथा लागुपदार्थको दुव्र्यसन, श्रीमान् विदेश गएकोलगायतका कारण जबर्जस्ती करणी उद्योगको मुद्दा बढेको प्रहरीको अनुमान छ ।

प्रहरी उपरीक्षक पुजा सिंहले गत आवमा १५ वटा मात्रै मुद्दा दर्ता भएकामा आव २०७१÷०७२ मा बढेर १८ वटा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।

उहाँले आव २०७०÷०७१ मा ३२ प्रतिशत मात्रै जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता भएको उल्लेख गर्दै यो प्रकृतिको मुद्दालाई पनि घटाउने कोसिस भइरहेको छ भन्नुभयो ।

बलात्कारका लागि कोसिस गर्ने प्रकृतिका मुद्दालाई जबर्जस्ती करणी उद्योग भनिन्छ । जिल्लामा जबर्जस्ती करणी (बलात्कार) गरेको मुद्दा आव २०७०÷०७१ मा ४१ प्रतिशत भएकामा घटेर आव २०७१÷०७२ मा ३४ प्रतिशतमा झरेको प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।