Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/zoo_20141229085531.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चिडियाखाना अवलोकनकर्ताको सङ्ख्यामा एक लाख तेह्र हजारले कमी

१० साउन । अघिल्लो वर्षको तुलनामा आव २०७१÷७२ मा सदर चिडियाखानामा अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्यामा एक लाख १३ हजारले कमी आएको छ ।

zoo_20141229085531

आव २०७०÷७१ मा चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या १० लाख २९ हजार ४१ जना रहेको थियो । अवलोकनकर्ताबाट प्रवेश शुल्कवापत रु आठ करोड ८० लाखको आम्दानी भएको थियो । आव २०७१÷७२ मा नौ लाख १५ हजार २८१ जनाले चिडियाखानाको अवलोकन गरेका थिए । प्रवेश शुल्कबाट रु सात करोड ९० लाख आम्दानी भएको चिडियाखाना व्यवस्थापन प्रमुख सरिता ज्ञवालीले जानकारी दिनुभयो ।

अवलोकनकर्ता घट्नुको प्रमुख कारण भूकम्प भएको उहाँको भनाइ छ । भूकम्पपछि ११ दिन पूर्णरुपमा चिडियाखाना बन्द भएको थियो । “भूकम्पपछि सञ्चालनमा आउदासमेत पनि सर्वसाधारण पहिलेजस्तो आएका छैनन्’ उहाँले भन्नुभयो । भूकम्पअघि दैनिक तीन÷चार हजार अवलोकनकर्ता आउने गरेकामा अहिले करिब दुई हजारको हाराहारीमामात्र आउने गरेका छन् ।

प्रवेश शुल्कका लागि नेपालीबाट रु १००, विद्यार्थीबाट रु ६०, विदेशी नागरिकबाट रु पाँच सय तथा विदेशी विद्यार्थीबाट प्रतिव्यक्ति रु २५० लिने गरिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।