Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/20150724_100807.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

संबिधानमा धर्मका बारेमा माधब नेपालको धारणा यस्तो छ

सम्बिधान साउनको अन्तिमतिर  जारी गर्ने तयारी भैरहेको बेला सम्बिधान सुझाब संकलन गर्ने काम हालसालै सम्पन्न भएको छ । यसै क्रममा  सुझाब संकलनमा ब्यस्त  रहेका एमाले बरिष्ठ नेता माधबकुमार नेपालले  जनता संगको सुझाव संकलन गर्ने क्रममा  जनतालाई धर्मका बारेमा  उठेका  कुराहरुको जवाफ दिएको  भिडियो को  रुपान्तरण  यस्तो छ ।

१६ बुँदे सहमति फेरबदल हुनसक्छ : पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँगको ताजा अन्तरवार्ता EXCLUSIVE मात्र kapanonline मा । www.kapanonline.com

Posted by kapanonline on Friday, 24 July 2015

नेपालको संबिधान २०७२ को मस्यौदा सुझाब संकलनमा प्राय जसो सुझावमा नेपाललाई हिन्दु राष्ट्र घोषित गर्नु पर्यो भन्ने छ, यो विषयमा तपाइँको धारणा के हो ?

अब हिन्दु राष्ट्र राख्दा ठिक हुन्छ, हुदैन भन्ने कुरा छ, अर्को धेरै जाती र धर्मका मान्छे बसोबास गर्ने ठाउँमा धर्म सँग किन जोड्ने भन्ने कुरो होे, मूख्य गरी धर्म निरपेक्ष राख्दा धर्म परिवर्तनले प्रत्साहन पाउछ कि भन्ने कुरा पनि छ । यो भन्दा पनि मान्छेको चासो के देखिन्छ भन्दा धर्म परिवर्तन गर्न पाउनु पर्छ भन्ने पनि छन् र पाउनु हुन्न भन्ने पनि छन । यी सबै कुरालाई एक ठाउँमा राखेर नेपालको जुन पहीचान छ जनताको जुन भावना छ, त्यसलाई समेटेर संविधानमा मिलाउनु उपयुक्त हुन्छ । यहि गर्नु पर्छ भन्ने होइन, हाम्रो पनि छलफल पश्चात नेपाली जनताको भावना अनुसार सबै धर्मका मानिसको चिन्ता र चासोलाई समेटेर संविधान आउनु पर्छ भन्ने हो ।

20150724_100807

यो र यस्ता विषयहरुमा जनमत संग्रह गर्नु पर्छ भन्ने कूरा छ नि ?

जनमत संग्रहबाट यस्तो कुराहरु गर्ने कुरा गर्दा खेरि कतिको राम्रो परम्परा बस्ला ? एउटा फ्रन्ट गेट खोल्दा कहाँ कहाँ पुर्याउँछ भन्ने कुरा हुन्छ । मुल भावनालाई अर्थात चिन्ता र चासो लाई अझ भनौ हिन्दु धर्म मान्ने र अन्य धर्म मान्छेहरु राम्रो ढंगले सम्बोधन गरेर समेट्नुपर्छ । अरु देशको संविधानको पनि अध्ययन गर्नू पर्छ । किनकि हामीले देखेका छौ क्रिश्चियानिटी राष्ट्रमा नराखे पनि बाइबल समातेर शपथ ग्रहण गर्ने गरेका छन् । संविधानमा प्रधानमन्त्रि हुन क्रिश्चियन धर्मावलम्बि हुनुपर्ने पनि छ । त्यसैले हाम्रो देशमा कस्तो चलन र परम्परा बसाल्दा उपयुतm हुन्छ भन्ने कुरा सोच्नु पर्यो । मूख्यतः नेपाल हिन्दुहरुको बाहुल्य रहेको कुरालाई र नेपालले पूर्बिय सभ्यतालाई अबलम्बन गर्दै आएको पक्षलाई र ऋषि महर्षिहरुको भूमि रहेको यथार्थतालाई समेत ध्यानमा राखेर ,नेपाली जनताले सनातन कालदेखि नै मान्दै आएको धर्म ,परम्परा, मूल्य र मान्यतालाई प्रतिकुल असर नपरोस भन्ने कुरालाई ध्यानमा राखेर संबिधानमा राख्नु उपयृतm होला ।

 जस्तै अहिले यो २०६३ साल पश्चात धर्मनिरिपेक्षता गर्नै नहुने थियो भन्ने कुरा आइरहेका छन् , यसमा तपाईको भनाई के हो ?

 धर्मको बारेमा संबिधानमा लेखेर र दमन गरेर मात्र पनि हुदैन । हिन्दु धर्मावलम्बिहरुले बुझ्नुपर्ने कुरा के हो भने, हाम्रो धर्ममा कहाँ कमजोरी रहे, हाम्रा अभ्यासमा कहाँ कमजनेरी रहे, हाम्रा व्यबहारमा कहाँ कमजोरी रहे, हामीले जनताका समस्यालाई ध्यान दियौ कि दिएनौ । छुवाछुतलाई उन्मुलन गर्यौं कि गरेनौ ? गरिबी , अभाव र पछ्यौटेपनलाई हटाउन पहल गर्र्यौ कि गरेनौं ? यसको लाभ अरुले उठाउँन खोजिरहेका त छैनन् ? यी सबै कुरालाई ध्यानमा राखेर त्यहाँ पनि सुधारको काम गर्नु पर्यो । अहिले संविधानमा मात्र ध्यान दिएर हून्न कि ब्यवहारमा पनि ध्यान दिनुपर्र्यो भन्न चाहान्छु ।

 शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रिको कुरो सुझावमा आइरहेको छ यो विषयमा के भन्नु हुन्छ ?

 सुझावहरु आएका छन् , आइसकेपछि हामिले हिजोदेखि उठाउँदै आएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रिको कुरा हो त्यसको निम्ति त्यो छलफलको विषय बन्छ ।

 १६ बुदें सहमतिभन्दा बाहिर गएर संविधानको मस्यौदा तयार हुने काम हुन्छ कि हुदैन ?

हैन यो १६ बुदें सहमति भनेको अकाट्य त छैन यसमा कुनै सुधार गर्नु पर्ने छ भने फेरि त्यहि पक्ष बसेर छलफल हुन्छ ।

हेर्नुस भिडियो

तपाइँको प्रतिक्रिया ।