शैक्षिक गुणस्तर मापन समिति गठनको प्रस्ताव

काठमाडौँ, ६ साउन । नेपाल प्राध्यापक सङ्घले ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि सुझाव दिँदै ‘शैक्षिक गुणस्तर मापन र त्यसको निरन्तर अभिवृद्धिका लागि राष्ट्रियस्तरको विश्वसनीयता र प्रत्यायान समिति गठन गर्न आग्रह गरेको छ ।

सङ्घले संविधानसभामा दिएको सो सुझावमा प्राज्ञिक एवम् व्यावहारिक अनुसन्धानलाई बढावा दिन केन्द्रीयस्तरमा राष्ट्रिय अनुसन्धान आयोग गठन गर्ने, शिक्षाको व्यापारीकरणलाई दुरुत्साहन गरी शिक्षालाई सेवामूलक बनाउन निजी लगानीलाई नियमन र व्यवस्थापन गर्ने र राज्य–निजी सहकार्यको कार्यक्रमलाई लागू गर्ने सुझाव पनि दिएको छ ।

शिक्षासम्बन्धी व्यवस्थामा एकातिर निःशुल्क शिक्षाको हकको कुरा र अर्काेतिर निजी विद्यालय खोल्न पाउने व्यवस्थाले शिक्षासम्बन्धी हक खण्डित हुने पनि सङ्घका मत रहेको सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।