Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/Nepali_National_Cricket_team.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

स्कटल्यान्डमा खेल्ने नेपाली क्रिकेट टोलीमा फेरबदल

काठमाडौँ, ५ साउन । स्कटल्यान्डमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि राष्ट्रिय क्रिकेट टोलीमा फेरबदल भएको छ ।

यही साउन १३ र १५ गते हुने उक्त प्रतियोगिताका लागि ट्वान्टी–ट्वान्टी विश्वकप प्रतियोगितामा घोषित १५ सदस्यीय टोलीमा अविनाश कर्ण र महेश क्षेत्रीलाई समावेश गर्दै प्रतियोगितामा सहभागिता जनाउने भनिएको थियो । तर प्रतियोगितामा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेपछि नेपाली टोलीमा फेरबदल गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका महासचिव उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

Nepali_National_Cricket_team

ओपनर सुवास खकुरेल, विनोद भण्डारी र जीतेन्द्र मुखियालाई प्रतियोगिताबाट हटाइएको छ । खकुरेल र भण्डारीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा हटाइएको हो भने मुखिया ट्वान्टी–ट्वान्टी प्रतियोगिताको लागिमात्र छनोट भएको हुँदा उनले सहभागिता जनाउने छैनन् ।

त्यस्तै, उनीहरुको सट्टामा विकेट किपर महेश क्षेत्री, अल राउन्डर पृथु बाँस्कोटा र बलर अविनाश कर्ण सहभागी हुनेछन् । त्यस्तै, सागर पुनले पनि प्रतियोगितामा सहभागिता जनाउने छैनन् । खेलको दौरानमा घाइते भएको हुँदा सागरलाई पनि नेपाल बोलाउने तयारी भएको क्यानले जनाएको छ ।

पृथु अहिले बेलायतमा केन्ट क्रिकेट लिगको डिभिजन २ मा अपचर्च क्रिकेट क्लबबाट खेलिरहेका छन् । उनले त्यहाँ पहिलो खेलमै नट आउट १४६ रन बनाएका थिए । त्यस्तै, बेलायतकै टुन क्रिकेट क्लबबाट खेलिरहेका महेशले पनि पहिलो खेलमा नटआउट ६४ रन बनाएका थिए ।

यसअघि, एक दिवसीयका लागि १५ सदस्यीय टोलीमा नपरेका सिद्धान्त लोहनीलाई समेत स्कटल्यान्ड लगिने भएको छ । ट्वान्टी–ट्वान्टी विश्वकप छनोटको अन्तिम जर्सीविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई स्कटल्यान्ड लगिने भएको हो ।

प्रतियोगितामा डेब्यु गरेका लोहनीले त्यतिबेला २७ रन जोडेका थिए । उनले १६ बलमा दुई छक्का र दुई चौकाको मद्धतमा २७ रन जोडका हुन ।

तपाइँको प्रतिक्रिया ।