पार्टीको धारणा भन्दै आफ्नै सुझाव

पार्टीको धारणा भन्दै आफ्नै सुझाव

कपन अनलाइन ५ साउन ।  नेकपा (एमाले)क्षेत्र नं ४ मा  कति  संस्थागत निर्णय हुन्छ भन्ने उदाहरण सोमबार मिलनचोक पार्टी भेन्युमा आयोजित संविधानको मस्यौदा, छलफल कार्यक्रममा स्पष्ट देखिएको छ । नेपाली काँग्रेसका सभासद् गगन थापाले पार्टीगत धारणा राख्नेलाई पहिले नै जानकारी लिएर पार्टीगत धारणा राख्न मौका दिएका थिए । तर एमाले क्षेत्र नं ४ का  उपाध्यक्ष लक्ष्मी संग्रौलाले भने पार्टी भित्र छलफल नभएको विषयलाई पार्टीको धारणा भन्दै हिजो मिलनचोकमा आयोजित सुझाव संकलन कार्यक्रममा लिखित सुझाव गगन थापालाई बुझाएका  छन् ।

11699058_725515017553807_702113256983735194_o
एमाले क्षेत्र नं ४ का उपाध्यक्ष लक्ष्मी संग्रौला

एमाले क्षेत्र नम्बर ४ मा भएको छलफलको निष्कर्ष भन्दै “धर्म निरपेक्षता हटाउनु पर्छ र त्यस ठाउँमा धार्मिक स्वतन्त्रता राख्नुपर्छ ” भनेर लिखित धारणा राखे पछि उपस्थित  एमालेका क्षेत्र नम्बर चार   क्षेत्रीय कमिटीका सदस्य र पदाधिकारी समेत छक्क परेका थिए। एमालेको  घोषणा पत्र तथा पार्टीको दस्तावेजमा समेत नेपाल धर्म निरपेक्ष राष्ट्र भन्ने उल्लेख छ। तर संग्रौलाले पार्टीमा छलफल गरेको भनिए पनि  कतै  छलफल नभएको नेताहरूले बताएका छन्।

व्यक्तिगत रूपमा संविधानको मस्यौदामा राय दिन सकिए पनि संस्थागत निर्णय भनेर व्यक्तिगत राय दिनु पार्टी अनुशासन उल्लंघनको  पराकाष्ठ भएको नेताहरू बताउँछन् । त्यस्तै नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर  चारले आज आफ्नो लिखित सुझावहरू सभासदहरू मार्फत बुझाउन लागेको एमाले ४ का अध्यक्ष कुसुम कुमार कार्कीले कपन अनलाइनलाइ बताए,  एमाले चार नम्बर क्षेत्रले बुझाएको २ सुझावहरूमध्ये कुन कार्यन्वयन हुने हो त्यो भने हेर्न बाकी नै छ ।

तपाइँको प्रतिक्रिया ।