कपन बानेश्वर साहित्य साप्ताहिकको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

कपन बानेश्वर साहित्य साप्ताहिकको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२ साउन । नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका कपनबानेश्वर साहित्यक साप्ताहिकको तेश्रो वार्षिक उत्सव आज  सम्पन्न भयो । उपन्यासकार शंकर भारतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार विजय चालिसेलाई वी.डी.त्यागी हीरक जयन्ती सम्मान, साहित्यकारहरु उज्ववल जीसी, सुशीला देउजा, कार्तिकेय घिमिरे, डिल्ली प्रसाद मुलतिहुन, शारदा पराजुलीलाई कवा उत्कृष्ट रचना सम्मान, अरुण वहादुर खत्री नदीलाई कवा उत्कृष्ट समाचार सम्मान, श्यामा खरेल र सीता भट्टराईलाई कवा सम्मान प्रदान गरियो ।

20150718_140424

साहित्यकारहरु डा.राम प्रसाद ज्ञवाली, शंकर भारती, गंगा पौडेल र नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजय बाबु  शिवाकोटीले संयुक्त रुपमा सम्मान प्रदान गर्नु भएको थियो ।

20150718_135443
कवि त्रिलोचन आचार्यको एकल कविता वाचन रहेको उक्त कार्यक्रमलाई अजय बाबु शिवाकोटी, डा. राम प्रसाद ज्ञवाली, विजय चालिसे, शंकर भारती लगायतले सम्वोधन गर्नु भएको थियो । कपन अनलाइनका अध्यक्ष आशिष गुरागाई, सुरभी साहित्यिक प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, अभिनवका अध्यक्ष वेदमणि घिमिरे, दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्त लगायतका व्यक्तित्व विशेष अतिथिको रुपमा रहनु भएको उक्त कार्यक्रम कपन बानेश्वर साहित्यिक साप्ताहिकका प्रकाशक सम्पादक निबन्ध आचार्यले सन्चालन गर्नु भएको थियो ।

20150718_135849

तपाइँको प्रतिक्रिया ।