बुढानिलकण्ठमा सार्वजनिक सुनुवाई, न्हुच्छेलाई लाग्यो महाधिवेशन

बुढानिलकण्ठमा सार्वजनिक सुनुवाई, न्हुच्छेलाई लाग्यो महाधिवेशन

गोल्फुटार, १ साउन ।– बुढानिलकण्ठ नगरपालिकाले आफ्नो स्थानियवासीहरुको गुनासो सुन्नको लागि हिजो   सार्वजनिक सुनुवाईको कार्यक्रम   गरेको थियो  । बुनपा वडा नम्बर १०  गल्फुटारस्थित बास्केटबल  ग्राउण्डमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा काठमाडौका स्थानिय विकास अधिका रीतिर्थराज भट्टराईको उपस्थिती थियो । बुढानिलकण्ठ नगरपालिकाको आयोजना र प्रोग्रेसिभ इनिसेटिभको सहजकर्तामा भएको कार्यक्रममा स्थानियवासीहरुले आफ्नो गाँउघरमा भएका समस्याहरुबारे गुनासो पोखेका थिए । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत   वीरेन्द्र देव भारतीले स्थानियवासीको गुनासो सुनेर जवाफ दिएका थिए । स्थानीयवासीले पानी नआएको, फोहर उठ्न नसकेको, सार्वजनिक जग्गा अतिक्रमण भएको लगायतका समस्याहरुमा उजागर गरेको थिए । कार्यक्रम रेडियो राजधानी १००.६ मेगाहर्ज र कपन अनलाइन डटकम ले प्रत्यक्ष प्रसारण गरेका थिए  । 20150716_134053
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधीहरुले पनि स्थानियवासीको गुनासो सुनेका थिए ।  नेपाली कांग्रेसका नगर उप–संयोजक गणेश कोइराला, नेकपा एमालेका उद्धव खरेल र एकीकृत नेकपा माओवादीका रविन * अधिकारिले स्थानियवासीहरुले गरेका  प्रश्न सुनेका   थिए । कांग्रेसका नगर संयोजक न्हुच्छेनारायण श्रेष्ठ नगर संयोजक भएपनि उनी कार्यक्रममा उपस्थित नहुदाँ उप–संयोजक कोइराला कार्यक्रममा सहभागी भएका हुन्  । कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा क्षेत्रिय संयोजकका दाबेदार श्रेष्ठ केन्द्रिय नेताहरुको घरदैलो गर्दैमा फुर्सद नहुदाँ कार्यक्रममा उपस्थित हुन नसकेको कांग्रेसकै एक स्थानिय नेताले जानकारी दिए । सार्वजनिक सुनुवाई कार्यक्रम को अडियो रेडियो राजधानी १००.६ मेगाहर्ज मा आइतबार  साँझ ४ देखि ५ बजे सम्म पुन प्रसारण हुने नगरपालिकाले जनाएको छ ।

20150716_134112

* एकीकृत नेकपा माओवादीका रविन  अधिकारि हुनुपर्नेमा अन्यथा भएकोमा  सच्याइएको छ ।

तपाइँको प्रतिक्रिया ।