Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/nepal-vs-hong-kong.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपालको विश्वकप छनौट यात्रा समाप्त

हङकङद्वारा नेपाल पराजित

काठमाडौं, ३० असार ।

आइसिसी ट्वेन्टी २० विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको चौथो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । टस हारेर ब्याटिङको निम्ता पाएको नेपाल १०९ रनमा सिमित  भएको हो  । यो पराजयसँगै  ४ खेलबाट ३ अंक जोडेको नेपाल तालिकाको पाँचौं स्थानमा ओर्लिएको छ । समान अंक जोडेपनि एक खेल कम खेलेको हङकङ चौथो र नामिबिया तेस्रो स्थानमा छ । शीर्ष स्थामा रहेको आयरल्याण्डसँग ६ अंक छ भने दोस्रो स्थानमा रहेको पपुवा न्यूगिनीको ४ अंक छ । जर्सी र अमेरिकासँग केवल २-२ अंक रहेको छ । यो पराजय संगै  तुलनात्मक रुपमा हंगकंग भन्दा बलियो प्रतिद्वन्दी पपुवा न्युगिनी संग को खेल  बाकी रहेको अवस्थामा नेपालको बिस्वकप यात्रा लगभग समाप्त भएको क्रिकेट पण्डित हरु बताउछन   ।

nepal-vs-hong-kong
हङकङको जितमा निजाकत खानले सर्वाधिक २५ रनको स्कोर खडा गरे . त्यस्तै अंशुमन र्याथले १९, बाबर हायतले १७, एजाज खानले १४, किञ्चित शाहले १२ को योगदान दिए । हङकङले १९ ओभर १ बलमा ५ विकेट गुमाउदै आफ्नो निर्धारित लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका  बसन्त रेग्मीले ४ विकेट लिएका थिए भने उनलाई अन्य कुनै बलरले गतिलो साथ दिन सकेनन । खेलको अर्को १ विकेट सोमपाल कामीले लिएका थिए । जित्नै पर्ने दबावमा मैदानमा उत्रिएको नेपालले खेलको अन्तिम समयमा आफ्नो प्रस्तुतिलाई मजबुद बनाउन कोसिस गरे पानी सुरुवाती झट्का ले माथी उठ्न सकेन  ।
नेपालका लागि शरद भेष्वाकारले २४ बलमा १ छक्का र २ चौकासहित २७ रनको योगदान दिए । यसैगरी राजेश पुलामीले ३४ बल खर्चिएर २ छक्कासहित २५ रन जोडे भने सोमपाल कामीले १२ बलमा १ छक्कासहित १६ रनको योगदान दिए ।
नेपालका लागि सागर पुनले १२ बलमा एक चौकासहित ११ र बसन्त रेग्मीले १९ बलमा ११ रन जोडेका थिए । कप्तान पारस खड्का ११ बल खर्चिएर १ रनमै आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरी बिना रन आउट भए ।
प्रतियोगिताका शीर्ष छ टोली सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् भने उक्त प्रतियोगिता भारत मा संचालन हुदैछ । नेपालले शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

तपाइँको प्रतिक्रिया ।