प्रहरीमा जागिर लगाइदिने भन्दै ठगिगर्ने पत्रकार प्रहरी खोरमा

२९ असार । महानगरीय प्रहरी अपराध महाशाखाले पत्रकार रामएकवाल चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । उनले प्रहरीमा जागिर लगाइदिने भन्दै केही व्यक्तिसँग ५ देखि १० लाख रुपैयाँसम्म उठाएको उजुरीमाथि छानवीन गर्न प्रहरीले पक्राउ गरेको हो ।

अपराध महाशाखाको टोलीले लाजिम्पाटबाट उनलाई पक्राउ गर्दा उनी अनुसन्धान प्रहरीमा भर्नाका लागि उम्मेदवारहरुको अन्तर्वार्ता लिँदै थिए । चौधरी ठगी मुद्दामा जेल परेका र एक वर्षअघि मात्र छुटेका व्यक्ति हुन् । उनी केही वर्षअघि द हिमालय टाइम्समा काम गर्थे ।

तपाइँको प्रतिक्रिया ।