Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/kumbhalgarh-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

मनोरञ्जनका लागि पचास प्रतिशत बढी पर्यटक

काठमाडौँ, २८ असार । अघिल्लो आर्थिक वर्षमा सात लाख ९० हजार १९८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अघिल्लो आव २०७० पुसदेखि २०७१ पुससम्मको अवधिमा ती विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिशतले कम हो । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७१÷७२ को आर्थिक सर्वेक्षणमा सो अवधिमा नेपाल भ्र्रमणमा आएका पर्यटकको औसत बसाइँ अवधि १२ दशमलव ४ दिन रहेको छ ।

kumbhalgarh-1

बढी पर्यटक आउने पाँच मुलुकमा भारत १७, चीन १६, अमेरिका छ, श्रीलङ्का ४ दशमलव ८ र बेलायत ४ दशमलव ७ प्रतिशत रहेका छन् । नेपाल आउने पर्यटकको सङ्ख्या, प्रतिव्यक्ति खर्च बढाउन एवम् औसत बसाइँ लम्ब्याउन सकेमा पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन सकिने औँल्याइएको छ ।

कुल पर्यटकमध्ये ५०.१ मनोरञ्जन, १२.५ तीर्थयात्रा, १२.३ पदयात्रा, ४.१ औपचारिक÷प्रशासकीय, ३.१ व्यापार, १.७ सभा÷सम्मेलन तथा १६.२ प्रतिशत अन्य उद्देश्यले नेपाल घुम्न आउने गर्छन् । भ्रमण उद्देश्यका आधारमा विगत १० वर्षको पर्यटक आगमनको सङ्ख्या हेर्दा मनोरञ्जन, यात्रा, पदयात्रा, पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको अनुपात करिब दुई तिहाइभन्दा बढी छ ।

आर्थिक सर्वेक्षणअनुसार नागरिक उड्डयन प्राधिकरणबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करिब ८० रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । गौतमबुद्ध अन्तर्राट्रिय विमानस्थलको निर्माणकार्य सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण गरी सुविधा सम्पन्न गराउन विमानस्थल कार्यालयमा ‘टर्मिनल मोनोपुल्स सेकेन्डरी सर्विलेन्स राडार’ र ललितपुरको भट्टेडाँडामा ‘इनरुट मोनोपुल्स सेकेन्डरी सर्विलेन्स राडार’ जडान कार्य भइरहेको छ ।

नेपाल वायु सेवा निगमले आन्तरिक तथा बाह्य उडान सेवा विस्तारलाई चीन सरकारबाट दुई अनुदान र चारवटा ऋण सहुलियतमा एमए ६० विमान र वाई १२ जहाज प्राप्त भई आन्तरिक उडान सञ्चालनमा आएका छन् । ए ३२० – २०० सिरिजका दुई न्यारो विमानमध्ये पहिलो विमानबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । दोस्रो विमान प्राप्त हुने प्रक्रियामा छ ।

अघिल्लो आवमा लुम्बिनी गुरुयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढेको छ । सन् २०१४ मा लुम्बिनी क्षेत्रमा नौ लाख २६ हजार २१ आन्तरिक पर्यटक, एक लाख ४५ हजार २१६ भारतीय पर्यटक र एक लाख ३६ हजार ९९१ तेस्रो मुुलुकका पर्यटक गरी जम्मा ११ लाख ९३ हजार ८२८ जना तीर्थयात्रीले भ्रमण गरेका थिए । यो सन् २०१३ को तुलनामा ४१ प्रतिशतले बढी हो ।

ताप्लेजुङदेखि दार्चुलाको उच्च पहाडी ग्रामीण पर्यटन मार्गलाई पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत ‘द ग्रेट हिमालयन ट्रेल’ अवधारणा प्राथमिकता साथ अगाडि बढाउन कार्यक्रम बनाउने काम सुरु भएको छ । देशका मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको खोज, संरक्षण, संवद्र्धन गर्दै ठूला र ऐतिहासिक धार्मिकस्थलमा ट्रस्टको निर्धारण गरी सञ्चालन गरिने कार्यक्रमअनुसार विभिन्न जिल्लाका १३१ सम्पदाको संरक्षण गर्ने, बुटवलस्थित जीतगढी र पण्डिपुरको उत्खननलगायत १० वटा पुरातात्विक स्थलको उत्खनन कार्य भइरहेको छ ।

आर्थिक सर्वेक्षणले विसं २०६९ पुस देखि विसं २०७० पुससम्म पर्वतारोहण दलको सङ्ख्या २९५ रहेकामा विसं २०७० पुसदेखि विसं २०७१ पुससम्म ३२० पुगेको जनाएको छ । सो अवधिमा पर्वतारोहीको सङ्ख्या दुई हजार २२६ बाट वृद्धि भई दुई हजार ५०० पुगेको छ । सो अवधिमा सलामी दस्तुर रु चार करोड ९३ लाख ५९ हजारले वृद्धि भई रु ३९ करोड एक लाख ८० हजार पुगेको छ ।

कुल ११७ को सङ्ख्यामा रहेको तारे होटलको सङ्ख्या सो अवधिमा एउटामात्र बढेको छ । अघिल्लो वर्षको ९०९ वटा पर्यटकस्तरीय होटल तथा रिसोर्ट पनि बढेर ९५७ पुगेको छ । आव २०६९÷७० मा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्रा रु ३४ अर्ब २९ करोड १० लाख थियो । अघिल्लो वर्षभन्दा रु १२ अर्ब १६ करोड ४३ लाखले वृद्धि भई आव २०७०÷७१ मा रु ४६ अर्ब ३७ करोड ५० लाख पुगेको छ । आव २०७१÷७२ को प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्रा रु ३४ अर्ब ३१ करोड ३० लाख छ ।

पर्यटन क्षेत्रका प्रमुख परिसूचकमा पर्यटनबाट प्राप्त आर्जन रु तीन खर्ब ४२ अर्ब ११ करोड रहेकामा विसं २०७१ पुससम्म चार खर्ब ६३ अर्ब ७५ करोड पुगेको छ । प्रतिपर्यटक प्रतिदिन खर्च अमेरिकी डलरमा अघिल्लो आर्थिक वर्षमा ४२.८ रहेकोमा यस अर्थिक वर्षमा ४६.४ पुगेको छ ।

पर्यटनको कुल गार्हस्थ्य उत्पादनमा योगदान अघिल्लो आवमा २.० तिशत रहेकामा यस आवमा २.६ प्रतिशत पुगेको छ । नियमित उडानमा नेपाल आउने अन्तर्राष्ट्रिय वायु सेवाको सङ्ख्या अघिल्लो वर्ष २६ रहेकामा यो आवमा बढेको छैन ।

तपाइँको प्रतिक्रिया ।