भारतीय र नेपाली फिल्म निर्माता बीच भेटवार्ता

भारतीय र नेपाली फिल्म निर्माता बीच भेटवार्ता

काठमाडौँ, २७ असार । भारतीय र नेपाली फिल्मका निर्माताबीच काठमाडौँको डिल्लीबजारमा रहेको पटुवा एण्ड सन्स फिल्म प्रोडक्सनको कार्यालयमा भेटवार्त भएको छ ।

IMG_5376
नेपाली सिनेमाका निर्माता किशोर भट्ट र भारतीय निर्माता अमित रायबीच भएको भेटवार्तामा दुई देशको सिनेमाका बारेमा विविध छलफल भएको थियो । भेटमा दुई देशको सिनेमालाई कसरी सँगसगै लान सकिन्छ भनेर पनि छलफल भएको थियो । करिब २ घण्टा भएको वार्तामा नेपाली कलाकारहरु पनि अभिनय क्षेत्रमा पोख्त भएकाले बलिउडमा स्थान दिने र नेपालको प्राकृतिक सौन्दर्यतालाई सिनेमामा प्रयोग गर्ने उचित वातावरण बनाईदिन नेपाली निर्माता किशोर भट्टले आग्रह गरे । जवाफमा भारतीय निमाएता अमित रायले आफ्नो आगामी चलचित्र ‘‘परदेशी दिल’’ को छायाङ्कनको केहि भाग नेपालमा गर्ने र केहि नेपाली कलाकारहरुलाई पनि उक्त चलचित्रमा सहभागी गराउने प्रतिबद्धता जाहेर गरेका थिए । यसका लागि चाँडै नै नेपाली कलाकारहरुको अडिसन लिइने पनि बताएका थिए ।
संस्मरण रहोस् भट्टले निर्माण गरेको ‘वार’ र भारतीय निर्माता रायले निर्माण गरेको ‘जब तुम कहो’, ‘लभ फिर कभि’ जस्ता चलचित्र आईसकेको छ । निर्माता भट्टले निर्माण गर्न लागेका आगामी भोजपुरी सिनेमा ‘एक जख्मी शेर’को नेपाल भित्रको बजार प्रवर्धनको जिम्मा बुढानीलकण्ठ नगरपाकिा १४ निवासी केशव खनाललाई र भारत तथा समुन्द्रपारको जिम्मा अमित रायलाई नै दिइएको बताए ।

तपाइँको प्रतिक्रिया ।