Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/Ktm-Interaction-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

पुरातात्विक सम्पदाको समय समयमा मर्मतसम्भारमा जोड

काठमाडौँ, २२ असार । सांस्कृतिक सम्पदाको अन्वेषण, अध्ययन, संरक्षण व्यवस्थापनको कार्यलाई वैज्ञानिक, सहभागितामूलक र प्रभावकारी बनाउनका लागि त्यससम्बन्धी ऐनकानुनमा सुधार गर्न जोड दिइएको छ ।

‘हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक स्मारकहरूमा भूकम्पको प्रभाव र चुनौती’ विषयको कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् प्रा डा वीणा पौड्यालले विश्व सम्पदास्थल काठमाडौँमा मात्र ३३ स्मारक पूर्ण ध्वस्त र १०७ आंशिक क्षति भएको बताउँदै फेरि पनि प्राकृतिक प्रकोप हुन सक्ने अनुमानका साथ सम्पदाको जीर्णोद्धार तथा निर्माण अघि बढाउन सुझाव दिनुभयो ।

हालै आएको भूकम्पले नेपालका २१ जिल्लाका सात सयभन्दा बढी स्मारकमा क्षति पु¥याएकामा सयभन्दा बढी ध्वस्त भएका र छ सयभन्दा बढीमा आंशिक क्षति पुगेको जनाइएको छ ।

कार्यपत्रमाथि टिप्पणी गर्दै राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नालले मानिसको स्याहारसम्भार गरे झँै पुरातात्विक सम्पदालाई पनि क्षति हुन नदिन समय समयमा मर्मतसम्भार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रा डा प्रेम खत्रीले भूकम्पपछि ललितपुर क्षेत्रका बासिन्दाले सांस्कृतिक सम्पदाको चोरी हुन नदिन हातेसाङ्लो बनाएर सुरक्षा दिएको उल्लेख गर्दै भूकम्पले पु¥याएको क्षतिलाई न्यूनीकरण गरेर यथास्थितिमा ल्याउन राज्य विशेष योजनाका साथ अघि बढ्नुपर्छ भन्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भूकम्प र त्यसपछिका परकम्पले पु¥याएको भौतिक क्षति पुनःनिर्माणमा सबै क्षेत्रका विद्वान्को ठूलो योगदान आवश्यक छ भन्नुभयोे भने उपकुलपति डा विष्णुविभु घिमिरेले भूकम्पले जीर्ण बनाएको हाम्रो सांस्कृतिक सम्पदा जीर्णोद्धार गर्न सके मात्र हामीले हाम्रो अस्तित्व जोगाउन सक्ने बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको “हनुमानढोका दरवार क्षेत्रका एतिहासिक एवं पुरातात्विक स्मारकहरूमा भूकम्पको प्रभाव र चुनौति” विषयक विचार गोष्ठीका प्रमुख अतिथि प्रा.डा. प्रेम खत्री कार्यपत्र प्रस्तोता प्रा.डा. विणा पौड्याल सहित प्रतिष्ठानका पदाधिकारीहरू । तस्बिर ः– मदन गौतम । रासस
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको “हनुमानढोका दरवार क्षेत्रका एतिहासिक एवं पुरातात्विक स्मारकहरूमा भूकम्पको प्रभाव र चुनौति” विषयक विचार गोष्ठीका प्रमुख अतिथि प्रा.डा. प्रेम खत्री कार्यपत्र प्रस्तोता प्रा.डा. विणा पौड्याल सहित प्रतिष्ठानका पदाधिकारीहरू । तस्बिर ः– मदन गौतम । रासस
तपाइँको प्रतिक्रिया ।