मोडल हन्ट नेपाल २०१५ को दोस्रो अडिसन सकियो

मोडल हन्ट नेपाल २०१५ को दोस्रो अडिसन सकियो

काठमाडौँ । शनिबार राजाधानिमा आयोजना गरिएको ‘मोडल हन्ट नेपाल २०१५’को  दोस्रो अडिसन सकिएको छ । दुई चरणमा भएको प्रारम्भिक छनौटबाट ३५ युवा र ३५ युवती अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । प्रतियोगीताको अन्तिम तयारीका लागि प्रशिक्षण असार २३ गतेबाट सुरु हुने आयोजक नेक्स्ट मोडलसले जानकारी दिएको छ ।

यस अघी  इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेश लगायत विभिन्न देशमा सफल मानिएको यो प्रतियोगीता ‘मोडल हन्ट’ नेपालमा पनि अहिले आयोजना गरिएको हो ।GALLERY-DUST-N-ROCKS-208

 

नेपाली युवायुवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै अन्तराष्ट्रीय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता कोसेढुङ्गा साबित हुने आयोजक नेक्स्ट मोडलसका अध्यक्ष रवि धमलाले बताए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्ने उनको भनाई रहेको छ ।

दोस्रो चरणको छनौटमा रविना डेसराज श्रेष्ठ ( चिफ बिजनेश अफिसर मेघा बैक), बिश्व गौतम(फेसन डिजाइनर), निराजन थापा (म्यान हन्ट २०११) , बिष्णु अर्याल मोडल अभिनेता निणार्यक रहेका थिए ।

शिर्ष विधा लगायत दर्जनबढी उप–विधामा पुरस्कार प्रदान गरिने र प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउन २३ गते राजधानीमा हुनेछ ।

 

तपाइँको प्रतिक्रिया ।