संविधानसभामा मस्यौदामाथि छलफल जारी रहने

संविधानसभामा मस्यौदामाथि छलफल जारी रहने

काठमाडौ, २० असार । संविधानको पहिलो मस्यौदामाथि आज पनि संविधानसभामा छलफल हुँदैछ । प्रमुख तीन राजनीतिक दल र राप्रपा नेपालबीच सहमति भएपछि संविधानसभामा मस्यौदामाथिको छलफलमा देखिएको अवरोध हटेको छ ।

 

नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष कमल थापाबीच मौलिक हकमा धर्म परिवर्तन गर्न मिल्ने भन्ने व्याख्या नहुने सहमति भएको हो । आज सभासदहरुले मस्यौदामाथि बोल्ने क्रम जारी रहने छ । हरेक सभासदलाई तीन मिनेटका लागि  बोल्ने समय उपलब्ध गराइएको छ । संविधानसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

तपाइँको प्रतिक्रिया ।