काभ्रेका पत्रकार शर्मा कुटिए

१९ असार । काभ्रेका पत्रकार प्रल्हाद शर्मा हुमागाईमाथि कुटपिट भएको छ । बनेपाको चार दोबाटोमा हिजो साँझ हिडिरहेका शार्मालाई पनौतीका विनोद बञ्जराले कुटपिट गरेका हुन् । पनौती नगरपालिका–३ डाँडोबाटोमा रहेको अम्बे पेट्रोल पम्पका संचालक समेत रहेका बञ्जराले मारिदिन्छु भन्दै आक्रमण गरेका थिए ।

 

आक्रमणबाट पत्रकार हुमागाईको नाकमा चोट लागेको छ । आक्रमण गर्ने बञ्जरा नेपाली काङ्ग्रेस पनौती नगरपालिका वडा नम्बर ३ का वडा सभासपति एवं वडा नागरिक मञ्चका संंयोजक पनि हुन् । बिना कारण कुटिएको भन्दै बञ्जराविरुद्ध हुमागाईले इलाका प्रहरी कार्यालय बनेपामा मौखिक उजुरी दिएको जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।