धादिङ केन्द्रविन्दु भएको पराकम्प महशुस

काठमाडौ, १९ असार । आज बिहानै धादिङ केन्द्रविन्दु भएको परकम्प महशुस गरिएको छ । बिहान १ बजेर ४९ मिनेटमा धादिङको भूमिस्थान नजिकै केन्द्रविन्दु बनाएर ४ दशम्लव ६ म्याग्नेच्यूटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि अस्ति सिन्धुपाल्चोक र काभ्रे केन्द्रविन्दु बनाइ दुई वटा परकम्प महशुस गरिए पनि हिजो दिनभर भने पराकम्प नगएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

गत वैशाख १२ गते आएको भूकम्पपछि अझै पनि भूकम्पका परकम्प आउनेक्रम रोकिएको छैन् । ठूला भूकम्पपछि परकम्प आउनेक्रम केही समय जारी रहने जानकारी दिदै भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।