आज संसदबाट तीनवटा विधेयक पारित हुने

आज संसदबाट तीनवटा विधेयक पारित हुने

काठमाडौ, १९ असार । व्यवस्थापिका संसदले आज तीनवटा अध्यादेश पारित गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धि विधेयक, सहकारी, सार्वजनिक खरिद सम्बन्धि विधेयक आज पारित हुनेछन् । यसअघि छलफल भइसकेकाले आज सामान्य छलफल गरेर विधेयक पारित गरिने संसद सचिवालयले जनाएको छ ।

 

संसदको बैठक साँझ ७ बजे बोलाइएको छ । आजको बैठकमा सरकारले पेश गर्ने नीति तथा कार्यक्रमको समय पनि तय हुनेछ । राष्ट्रपति डा रामबरण यादवले पठाउनु भएको नीति तथा कार्यक्रम पेश सम्बन्धि पत्र पढेर सुनाएपछि संसदको बैठक सकिने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।