Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/Congress-flag-520x245.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कांग्रेस वृत्तमा बहुलवादको लफडा

काठमाडौँ, १८ असार । नेपाली काँग्रेसका सभासद्हरुले संविधानको प्रारम्भिक मस्यौदामा बहुलवाद शब्द नपरेको र धर्म निरपेक्षता शब्द राखिएकोमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् । संसदीय दलको आज बालुवाटारमा बसेको बैठकले काँग्रेसका शीर्षस्थ नेतालाई यससम्बन्धी ध्यानाकर्षण गराएका हुन् । संसदीय दलका नेता एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सभासद्का विचार सुने पनि आजको बैठकमा बोल्नुभएन । शीर्ष नेताले शनिबारको बैठकमा सबै सभासद्को विचार सुनिसकेपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजको बैठकमा सभासद् रामहरि खतिवडाले राजनीतिक स्थिरताका लागि समानुपातिक सांसदको सङ्ख्या घटाउन माग गर्नुभयो ।

Congress-flag-520x245

समानुपातिक सांसदलाई राष्ट्रिय सभामा राखी प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद राख्नुपर्छ, राजनीतिक स्थिरताका लागि समानुपातिक सांसद २५ देखि ३० प्रतिशतसम्म मात्र हुनुपर्ने भनी बैठकमा कुरा राखेको सभासद् खतिवडाले रासससँग भन्नुभयो । सभासद् शङ्कर भण्डारीले धर्म निरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता शब्द राखिनुपर्ने बताउनुभयो । भण्डारीको विचारमा काँग्रेसका अधिकांश सभासद्ले समर्थन जनाएका थिए । “संविधानमा हिन्दू राष्ट्र र धर्म निरपेक्षता दुवै नराखी धार्मिक स्वतन्त्रता शब्द उल्लेख गर्न आज बोल्ने अधिकांश सभासद्ले विचार राख्नुभएको छ ”– सभासद् खतिवडाले भन्नुभयो । सभासद् रामकृष्ण यादवले संविधान सहमति भएकै बुँदामा जारी गरेर पछि संशोधन गर्दै जानुपर्ने बताउनुभयो । बैठकमा सभासद्हरु भरत शाह, उषा गुरुङ, भरत खड्का, केशवकुमार बुढाथोकी, जीवन परियार, किरण यादव र ध्यानगोविन्द रञ्जितलगायतले पार्टीको मूल सिद्धान्त बहुलवाद र संसदीय शासन पद्धतिका विषयमा कसैसँग सम्झौता नगर्न नेतृत्वलाई दबाब दिएको बैठकमा सहभागी सभासद् ओमदेवी मल्लले जानकारी दिनुभयो । बिहीबारदेखि सुरु भएको काँग्रेस संसदीय दलको बैठक शनिबार पनि बस्ने संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।