Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/Prachanda1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागजमा अल्झेर राष्ट्रलाई घाटामा पार्ने कार्य दण्डनीय हुने: मन्त्री पण्डित

काठमाडौँ, १८ असार । एकीकृत नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । आज अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित हुनुपर्ने मागसहित राष्ट्रिय अपाङ्ग महासङ्घको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले अपाङ्गता भएका नागरिकको सवाल जसरी भए पनि संविधानमा समावेश गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।Prachanda1

 

संविधानको प्रारम्भिक मस्यौदामा अपाङ्गता भएका नागरिकको राजनीतिक अधिकार र समानुपातिक प्रतिनिधित्व छुट भएको हुँदा अनिवार्य रुपमा समावेश गर्नुपर्ने भन्दै महासङ्घले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले समानुपातिक सिटका लागि छुट्याइएका ४० प्रतिशतमध्ये अपाङ्गता भएका समुदायका लागि जनसङ्ख्याका आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रान्तीय प्रतिनिधिसभामा समेत पाँच प्रतिशत आरक्षण गरी अपाङ्ग भएकाहरुको प्रतिनिधित्वको अधिकार अनिवार्य रुपमा नयाँ संविधानमा समावेश गर्नुपर्ने माग गर्नुभयो । नेपालको कुल जनसङ्ख्याको करिब ३० लाख अपाङ्गता भएका व्यक्ति छन् । रासस

तपाइँको प्रतिक्रिया ।