Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/06/CA-Office.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

संविधानसभाको नियम निलम्बन, भोलिदेखि मस्यौदामाथि छलफल हुने

काठमाडौ, १७ असार । नेपालको संविधान २०७२ को पहिलो मस्यौदामाथि संविधानसभामा भोलिदेखि छलफल सुरु हुने भएको छ । आज बसेको संविधानसभा बैठकले नियमावलीमा उल्लेख मस्यौदामाथिको छलफल गर्ने नियम निलम्बन गरेपछि भोलिदेखि मस्यौदामाथि नियमित छलफल सुरु हुने भएको हो । संविधानसभा बैठक अघि आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संविधानसभा नियमावलीको नियम ९३ को उपनियम ३ निलम्बन गर्ने सहमति गरेको थियो ।

CA-Office

नियमअनुसार संविधानसभामा प्रस्तुत पहिलो मस्यौदा अध्ययनका लागि १ साता समय दिनुपर्ने व्यवस्था छ । तर फास्ट ट्रयाक अर्थात छोटोबाटोबाट संविधान बनाउनुपर्ने भएकाले १ सातासम्म पर्खने समय नभएको भन्दै संविधानसभाले नियम निलम्बन गरेको हो । संविधानसभाका अध्यक्ष नेम्वाङको आग्रहमा कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले निलम्बनको प्रस्ताव पेश गर्नुभएको थियो भने एमाले प्रमुख सचेतक अग्नि खरेल र एकीकृत माओवादीका गिरिराजमणि पोखरेलले समर्थन गर्नुभएको थियो । नियम निलम्बन बारे पहिलेदेखि नै विरोध गर्दै आएका मधेसवादी दल र राप्रपा नेपालले भने आपत्ति जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।