लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

विराटनगर, १७ असार । सीमावर्ती भारतीय क्षेत्रबाट अवैध ढङ्गले ल्याउँदै गरेको अवस्थामा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
b9e120015b321c4aee4281eb7952e1f2_L
मोरङको बबियाविर्ता–५ बस्ने २९ वर्षीय रविराज राजवंशी र सोही ठाउँ बस्ने चैतुकुमार राजवंशीलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर–२१ स्थित ढाटमा क्षेत्रीय ब्युरो र लागुऔषध ब्युरो विराटनगरको संयुक्त टोलीले उनीहरुको साथबाट टोरेक्स १००, लिड चक्ककी ३००, एजिकेम ६००, निमेलिड फेन २५०, इकोपरिन चक्की ४००, अफ–लोकेम ९००, पेन्टाँब– डि ८००, रिएक्सन ६०० र पामाओल्ड २५० चक्की बरामद गरेको हो । रासस

तपाइँको प्रतिक्रिया ।