सुनौलो विकल्पको वातावरण तथा फोहोरमैला सचेतना कार्यक्रम

सुनौलो विकल्पको वातावरण तथा फोहोरमैला सचेतना कार्यक्रम

बुनपा – असार १५ –सुनौलो विकल्प नामक महिला सामाजिक संस्था द्धारा बुढानिलकण्ठ वडा नं. १२ स्थीत कपन मिलनचोक पार्टि भेन्युमा २ दिने वातावरण तथा फोहोरमैला सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले विश्वमा हाल हुदै गएको जल वायू परिवर्तन तथा वायु प्रदुषणलाई मध्यनजर गर्दै समाजमा सचेतना फैलाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष गिता पराजुलीले बताउनुभयो । उक्त कार्यक्रम असार १३ र १४ गते सञ्चालन गरिएको थियो कार्यक्रममा बुढानिलकण्ठ नगरपालीका वडा नं १२ का स्थानीय महिला, पुरुष तथा विद्यालयका विद्यार्थी भाई बहिनीहरुको उपस्थीती रहेको थियो ।IMG_7814

कार्यक्रमको समापन समारोहमा बुढानिलकण्ठ नगरपालिका शाखा अधिकृत भुवनेश्वर लामिछाने प्रमुख अतिथीको रुपमा उपस्थीत रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले नगरपालीकाले यस्ता कार्यक्रम आयोजनामा विशेष चासो देखाउर्दै आएको र हाल फोहोर संकलन गरेर डम्पीङ्ग गर्ने स्थान ओखरपौवा भरिईसकेकोले डम्पीङ्ग गर्ने स्थान टड्कारो आवश्यकता रहेको र नगरपालीकाको आफ्नै डम्पीङ्ग साइड हुनुपर्ने व्यवस्था बमोजिम यस आ.व.मा नगरपालीका भित्र नै डम्पीङ्ग साईडको व्यवस्था गर्न गृहकार्य भैरहेको बताउनुभयो । कार्यक्रममा संस्थाको उपाध्यक्ष विद्या सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

IMG_7832

 

समापन समारोहमा नेपाली कांग्रेस वडा नं १२ का सभापती नारदमणी घिमिरे, नेकपा एमालेका संयोजक नवराज भट्टराई, एमाओवादीका प्रतिनिधि सत्यनारायण अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले घरमै बनाउन सकिने कम्पोष्ट मल प्रति विशेष चासो व्यक्त गरिएको थियो । फोहोर मैलाको सन्दर्भमा घरमै हुने फोहोर मध्ये ६३% फोहोर बाट कम्पोष्ट मल बनाउन सकिने विशेषज्ञ हरु बताउछन् ।

तपाइँको प्रतिक्रिया ।