Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/06/yarsagumba0.gif.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वरनगरपालिका, नयाँबस्तीबाट यार्सागुम्बासहित पक्राउ

काठमाडौँ, १४ असार । महानगरीय प्रहरी अपराध महाशाखाले अवैध रुपमा यार्सागुम्बाको कारोबार गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय देवानन्द खड्का र सोही जिल्लाका नेत्रविक्रम चन्दलाई आज पक्राउ गरेको छ ।

yarsagumba0.gif

गोकर्णेश्वरनगरपालिका–१२ नयाँबस्तीस्थित कान्छीमाया तामाङका घरबाट चार किलो ७५० ग्राम यार्सागुम्बासहित उनीहरुलाई पक्रिएको जनाइएको छ । तन्नामा यार्सागुम्बा सुकाइरहेका अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा बिनाइजाजत यार्सागुम्बाको कारोबार गर्दै आएको पाइएको छ ।

उनीहरुलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।