ग्लोस्टरसायरसँग नेपाल चार विकेटले पराजित

ग्लोस्टरसायरसँग नेपाल चार विकेटले पराजित

काठमाडौँ १४ असार । आइसिसी विश्व ट्वन्टी–ट्वन्टी छनोट खेलको अभ्यासमा रहेको नेपाल तेस्रो अभ्यास खेलमा ग्लोस्टरसायर सेकेन्ड–११ सँग चार विकेटले पराजित भएको छ ।
images (4)
एक सय ७१ रनको लक्ष्य पछ्याएको ग्लोस्टरसायर सेकेन्ड–११ ले निर्धारित २० ओभरको खेलमा एक ओभर बाँकी छँदै छ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । खराब सुरुआत गरे पनि मध्यक्रमका ब्याट्सम्यान ह्यान्ड्सकमले ५४ रनको पारी खेल्दै इनिङ उकासे ।

यस्तै हामन्ड ३८ रनमा सोमपाल कामीको बलमा शरदद्वारा क्याचआउट गरिए । गिलमौर २२ रनमा आउट भए । हानकिन नौ तथा रोडरिक एक रनमा पभेलियन फर्किए ।

बारेटले १८ तथा लेजारले १२ रनको अविजित पारी खेले । नेपालका लागि करन केसीले तीन तथा सागर पुन, सोमपाल कामी र वसन्त रेग्मीले समान एक एक विकेट लिए ।

बाथ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७० रन जोड्यो । पारस खड्काले कप्तानी इनिङ खेल्दै अर्धशतकीय पारी खेलेपछि नेपालले सम्मानजनक योगफल तयार पार्न सकेको हो । नेपालका लागि कप्तान खड्काले ७३, सागर पुनले २२, शरद् भेषवाकरले १२ तथा ज्ञानेन्द्र मल्लले १४ रन जोडे ।

यस्तै प्रदीप ऐरी १६ रनमा अविजित रहे । बाह्र रनमा ओपनर सुवास खकुरेलको विकेट गुमाएको नेपालले ३६ रन जोड्दा मल्ललाई दोस्रो विकेटको रुपमा गुमायो । यस्तै ८५ रन जोड्दा पुन २२ तेस्रो विकेटका रुपमा आउट भए । त्यसपछि भेषवाकरले कप्तान पारससँग ६५ रनको साझेदारी गरे । ग्लोस्टरसायरका हामोद, मोन्ट गोमरी र लेजारले समान एक एक विकेट लिएका थिए ।

तपाइँको प्रतिक्रिया ।