लोकसेवा नेपाल एप MBillionth Award २०१५ को फाईनलमा

लोकसेवा नेपाल एप MBillionth Award २०१५ को फाईनलमा

sets_final

घरबाटै लोकसेवा तयारी गर्न सहयोग गर्ने उद्देस्यले सकृय केही युवाहरुको प्रयासमा मन्त्र आइडियाज ले निर्माण गरेको लोकसेवा नेपाल नामक मोबाइल एप्लिकेसन दक्षिण एसियाको मोबाइल एप्लिकेसन सम्बन्धी अवार्डको शिक्षा र सिकाइ क्षेत्रमा फाइनलको लागि छानिन सफल भएको छ ।

“संगै पढेका साथीहरु लोकसेवाको तयारी गर्दै थिए , तर पनि तयारी अत्यन्तै खर्चिलो हुने र नयाँ नयाँ घटनाहरु खोज्न साथीहरुलाई निकै गार्हो भएको मैले पाए” पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ्गमा स्नातक गरेका लोकसेवा नेपाल एप्लिकेसन का निर्माणकर्ता मध्यका एक अशोक बस्नेतले भने  “त्यही समस्यालाई अन्त्य गर्ने र लोकसेवा तयारीलाई प्रविधीयुक्त बनाउने उद्देश्यले म लगायत केही साथीहरु मिलेर अघिल्लो बर्ष एप्लिकेसन निर्माण गरी गूगल प्लेस्टोरमा राखेका थियौं ।” हाल कम्पनीमा बस्नेतका साथमा सिनियर एन्ड्रोइड डिभेलपर  हेम कुमार श्रेष्ठ र एन्ड्रोइड डिभेलपर तथा बजार बेवस्थापक युवराज पौडेल छन ।

 

पछील्लो समयमा यो एप्लिकेसन ले विभिन्न लेखकहरु संग सहकार्य गरेर अप्राविधिक तर्फ शाखा अधिकृत, नायब सुब्बा, खरिदार र प्राविधिक तर्फ सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग, कम्प्युटर अधिकृत, कम्प्युटर अपरेटर, अनमी, स्टाफ नर्स आदी पदहरुको लागि  लोकसेवा तयारी सामाग्री निशुल्क उपलब्ध गराएको छ । साथै हालै एपमा समाबेश मोडेल टेस्ट एक्जम को लागि लेखक बिष्णु प्रसाद गौतम सँग सहकार्य गरी नासु र खरिदार को मोडेल टेस्ट प्रश्नपत्रहरु उपलब्ध गरिएको छ ।

The mBillionth Award South Asia” सन २०१० बाट हरेक बर्ष साउथ एसियाका उत्कृष्ट मोबाइल कम्युनिकेसनमा इनोभेसनको लागि दिइदै आएको छ I यो छैटौ संसकरण हो ।  यो बर्ष पनि ११ वटा बिधा मा नोमिनेशन को लागि आवह्वन गरिएको थियो, जस्मा आठ वटा देशहरु [अफगानिस्तान , बाङ्लादेश, भुटान, भारत,माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका ]  बाट ३२० वटा नोमिनेशनस परेको थियो । लोकसेवा नेपाल  यो अवार्डको लागि नेपालबाट छानिने एक मात्र एप्लिकेसन हो ।

loksewa-selected-at-mbillionth

११ बिधा बाट उत्कृष्ट ५३ मा पर्न सफल भएको लोकसेवा नेपाल M-Education & Learning विधा फाइनलमा छनोट भएको छ । उक्त विधामा लोकसेवा नेपाल एप्लिकेसन संगै अन्य ५ एप्लिकेसन पनि मनोनित भएका छन । “हाम्रो यो नयाँ अाइडिया लाई नै छनोटको आधार बनाइएको होला” भन्दै बस्नेत अगाडि थप्छन “अबको केही हप्तामा हामी अाइोएस मा पनि यो एप्लिकेसन राख्दैछौ । हाल गूगल प्लेस्टोर मा उपलब्ध यो एप्लिकेसन ६० हजार भन्दा बढी पटक डाउनलोड भैसकेको छ । आफ्नो एप्लिकेसन फाइनलको लागि छनोट भएकोमा आफुहरुलाई थप काम गर्ने जोश बढेको भन्दै बस्नेतले थपे “अब छिट्टैनै लोकसेवाले लिने सम्पूर्ण पदको तयारी यही एप्लिकेसन, आइफोनबाट पनि प्रयोग गर्न सकिने गरी काम भैरहेको छ ।”

फाईनलमा जितेर उपाधी  लिएर  आउने  विश्वासको साथ LokSewa Nepal को टिम एम बिलियन्थ अवार्डको  फाईनलमा सहभागी हुन  आगामी जुलाई २३  मा  इण्डिया ह्याबिट्याट केन्द्र नयाँ दिल्लीमा जाने तयारी गर्दै छन।

यो एप डाउनलोड गर्न याहा थिच्नुहोस् अथवा यो लिड्क ब्राउजरमा कपी पेस्ट गर्नुहाेस् https://play.google.com/store/apps/details?id=com.lok.sewa

 

QR CODE for downloading the app:-

qr_loksewa

तपाइँको प्रतिक्रिया ।