कक्षा १२ को परीक्षा सुरु

१४ असार । भूकम्पबाट अतिप्रभावित जिल्लामध्ये सिन्धुपाल्चोकमा पनि आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ ।

यस जिल्लाबाट कक्षा १२ मा परीक्षा दिने परीक्षार्थी दुई हजार ६१२ रहेको उच्चमाध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा इन्द्रेश्वरी उच्च मावि मेलम्ची, कृष्णगङ्गा उच्चमावि चौतारालगायत नौवटा परीक्षा केन्द्र रहेको छ ।

भूकम्पबाट क्षति पुगेको संरचनाहरूमा परीक्षा सञ्चालन गर्न समस्या भएकाले उपयुक्त भवन र इन्जिनियरद्वारा ठीक छ भनी प्रमाणित गरिएको भवनमा मात्र परीक्षा सञ्चालन गरिएको हो ।

परीक्षा केन्द्रको सुरक्षार्थ सय जना प्रहरी खटाइएको उहाँले बताउनुभयो । जिल्लामा ९४ उच्चमावि रहेका छन् । सबै उच्चमाविमा भौतिक क्षति पुगेको छ र ९७ प्रतिशत उच्चमावि पूर्ण क्षतिग्रस्त रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।