हरेक नो बलमा फ्री हिट दिने आईसिसीको नयाँ नियम

हरेक नो बलमा फ्री हिट दिने आईसिसीको नयाँ नियम

काठमाडौ, १२ असार । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले वान डे क्रिकेटमा हरेक नो बलमा फ्री हिट दिने नियम बनाएको छ । आइसिसी बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । यसअघि बलरले बलिङ गर्दा रेखा नाघेर हुने नो बलमा मात्र फ्री हिट दिने नियम थियो ।

12

 

यसैबीच आइसिसीले वान डे क्रिकेटमामा शुरुका दश ओभरका फिल्डिङमा कुनै पनि बन्देज नलगाउने निर्णय समेत पनि गरेको छ । आइसिसीका मुख्य कार्यकारी डेविड रिचर्डसनले वान डे क्रिकेटको आक्रमकतालाई जारी राख्न यी नियम ल्याइएको बताउनुभयो । परिवर्तित नियमहरु जुलाई ५ देखि लागु हुने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।