गिरीेको ‘चटामरी’

गिरीेको ‘चटामरी’

काठमाडौँ, ११ असार । प्रगतिशील साहित्यकार अमर गिरीले आज यहाँ आफ्ना नयाँ र पुराना करिब २० कविताको एकल वाचन गर्नुभयो ।
जनसाहित्यिक मञ्च नेपाल केन्द्रीय समितिद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा –१५’अन्तर्गत गिरीको कविता वाचनमा मित्रलाल पंज्ञानी, लिखत पाण्डे, आरएम डङ्गोल, श्रवण मुकारुङ, शशी लुमुम्बु, जयन्ता पोखरेल, बालमुकुन्द कार्की र सङ्गीत स्रोताले साथ दिनुभएको थियो । ‘झिनवा थारुको माघी’, ‘चटामरी’, ‘सुनको औँठी’, ‘पुनःनारायणहिटी’, ‘भोक’, ‘हतियारमाथि’, ‘वन र स्त्री’, ‘सपनाहरुको जतन’, ‘स्मृति’, ‘रुनु’, ‘परिचय’, ‘घाम र म’ आदि शीर्षकमा वाचित कविताका विषयवस्तुमा श्रमिकप्रतिको प्रेम, भूमण्डलीकरणको विरोध, वामपन्थी नेताको खस्कँदै गएको चरित्र आदि थिए ।Amar-giri
चार दशकदेखि साहित्यिक क्षेत्रमा क्रियाशील गिरी नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्य विभाग प्रमुख तथा प्रगतिशील लेखक सङ्घका अध्यक्ष पनि हुनुहुन्छ । उहाँका ‘घाम छेक्ने पहाड’(कविता सङ्ग्रह, विसं २०५६), ‘दुःसाध्य समय’( कवितासङ्ग्रह २०६४), ‘समय, समाज र संस्कृति’(लेख सङ्ग्रह, २०६७)र ‘शब्दहरुका बीचमा’ (कवितासङ्ग्रह, विसं २०७२) प्रकाशित छन् ।
सो अवसरमा नेकपा(एमाले)का सचिव प्रदीप ज्ञवाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरी, एमाले संस्कृति फाँटका प्रमुख तथा जनसाहित्यिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र मञ्चका अध्यक्ष राम विनयले गिरी प्रगतिशील नेपाली साहित्यिक आन्दोलनमा निकै योगदान पु¥याएको बताउनुभयो ।
मञ्चका महासचिव विनोद मञ्जन र काव्य विभाग प्रमुख डा विन्दु शर्माले मुलुकको सकारात्मक परिवर्तनप्रति विश्वास राख्ने गिरी श्रम र श्रमिकवर्गप्रति श्रद्धावान्, स्वतन्त्रता पक्षधर तथा राज्य वा विद्रोही पक्षले गरेको बर्वरताप्रति आक्रोश पोख्ने साहित्यकार तथा समालोचक व्यक्तित्व भएको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।