Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/06/football.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

एएफसी १६ वर्षमुनिको फुटबलमा नेपाल जोर्डनको समूहमा

काठमाडौँ, ११ असार । एसियाली फुटबल महासङ्घ (एएफसी) ले आज एएफसी १६ वर्षमुनि र १९ वर्षमुनिको छनोट चरणको फुटबल खेल तालिका सार्वजनिक गरेको छ ।

आगामी सेप्टेम्बर १६ देखि २० तारिखसम्म किर्गिज्स्तानको विस्केकमा हुने १६ वर्षमुनिको खेलमा नेपाल समूह ‘वि’ मा रहेको छ । नेपालको समूहमा ओमान, किर्गीज्स्तान र जोर्डन छन् ।

football

नेपालले आफ्नो समूहको पहिलो खेल सेप्टेम्बर १६ मा जोर्डनसँग खेल्नेछ । दोस्रो खेल सेप्टेम्बर १८ मा आयोजक राष्ट्र किर्गीज्स्तान र सेप्टेम्बर २० मा ओमानसँग खेल्नेछ ।

त्यस्तै, १९ वर्षमुनिको खेल अक्टोबर २ देखि ६ सम्म इरानको मसादमा हुँदैछ, जसमा नेपाल समूह ‘इ’ मा रहेको छ । नेपालको समूहमा इरान, कुवेत र जोर्डन छन् ।

यस समूहमा नेपालले पहिलो खेल २ अक्टोबरमा इरान, अक्टोबर ४ मा कुवेत र अक्टोबर ६ मा जोर्डनसँग खेल्नेछ । १९ वर्षमुनिको खेलमा कुल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, यसमा बहराइन भने आयोजक राष्ट्र भएकाले यसअघि नै छनोट भइसकेको छ ।

यसअघि सन् २०१४ मा कतारले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

त्यसैगरी, १६ वर्ष मुनिको समूहमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । रासस

तपाइँको प्रतिक्रिया ।