पहिलो राष्ट्रिय आँप महोत्सव शुक्रबार

पहिलो राष्ट्रिय आँप महोत्सव शुक्रबार

काठमाडौँ, १० असार । ‘पहिलो राष्ट्रिय आँंप महोत्सव’ शुक्रबारदेखि यहाँ हुँदैछ ।

नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरको संयुक्त सहकार्यमा भृकुटीमण्डपमा आयोजना हुने दुईदिने महोत्सवमा पाँच खुद्रा र छ थोकका कक्ष रहने सङ्घका अध्यक्ष अमर बानियाँले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।
images (3)
महोत्सवमा नेपालमा पाइने १८ जातका ‘फलको राजा’ आँपको जात र भारतलगायत अन्य मुलुकबाट भित्रिने विषादी तथा रसायनयुक्त आँपका बारेमा पनि उपभोक्तालाई जानकारी दिइनेछ । सङ्घले विषादीरहित र स्वच्छ आँपका लागि नेपालमै उत्पादन भएको मात्र खरिद तथा सेवन गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

निर्देशनालयका वरिष्ठ कृषि अर्थविद खिमनिधि लोहनीका अनुसार नेपालमा ४६ हजार ४६९ हेक्टरमा आँप खेती हुन्छ ।

तपाइँको प्रतिक्रिया ।