बिर्तामोडबाट आपत्तिजनक अवस्थामा १६ सहित २४ जनालाई प्रहरी नियन्त्रणमा

बिर्तामोडबाट  आपत्तिजनक अवस्थामा १६ सहित २४ जनालाई प्रहरी नियन्त्रणमा

सुरुङ्गा (झापा), १० असार । झापाको बिर्तामोडबाट प्रहरीले आज अपराह्न आपत्तिजनक अवस्थामा १६ सहित २४ जनालाई नियन्त्रणमा लिएको छ ।

बिर्तामोडमा सञ्चालित विभिन्न होटलबाट होटल सञ्चालकसहित आठ जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

yonkarmi
फाइल फोटो

झापामा सञ्चालित होटलमा पछिल्लो समय यौनजन्य गतिविधि बढेको जनगुनासो बढेसँगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले बिर्तामोडमा सञ्चालित २५ भन्दा बढी होटलमा एकैपटक छापा मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले छापा मारेका सबैजसो होटलमा यौनजन्य गतिविधिमा संलग्न रहेको पाइएकाले होटल सञ्चालकसहित १३ जना महिला र ११ जना पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका कसैको पनि नाम भने सार्वजनिक गरेको छैन । रासस

तपाइँको प्रतिक्रिया ।