नजाने हातै नहाल्नु नि !

नजाने हातै नहाल्नु नि !

जुन थालमा खायो त्यही थालमा बिस्ट्यायो । यस्तै चरित्रका निर्माता छन् नेपाली सिने नगरीमा– सुदर्शन थापा । आफ्नै ब्यानरमा निर्माण भइरहेको चलचित्रलाई लात मारेर चंखे, शंखे र पंखे चलचित्रमा व्यस्त रहेको भन्दै तीव्र आलोचना खेपे । ‘के यो माया हो’ चलचित्रमा अभिनय गरेका थिए । निर्देशक सुरेश पहारीसँग सम्बन्ध चिसियो । ‘लम्फू’ चलचित्रमा खेले । त्यहाँ पनि लफडा । अहिले यी दुवै चलचित्रका निर्मातासँग ‘पानी बाराबारको अवस्था’ रह्यो । तिहारमा पुनम गौतमलाई दिदी बनाएर टीका लगाए । जसलाई दिदी बनाएर टीका लगाए उसैमाथि धोखाधडी गर्न बाँकी राखेनन् ।

Sudarshan-Thapa
यस्तै, धोखाधडीका नायक सुदर्शन थापालाई फिल्मको कथा चोरीको आरोप लाग्यो । पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ कोरियन फिल्म मिलिनियर फस्ट लभबाट फ्रेम बाई फ्रेम कपी पेस्ट गरिएको थियो । पछिल्लो फिल्म चंखे शंखे पंखे पनि चोरीको आरोपबाट मुक्त हुन सकेन । फिल्मको ‘तिम्रो लाली जोवन…’ गीतको धुन र कोरियोग्राफीले में तेरा हिरोको ‘बेसरमकी नाइट…’को झल्को दिन्छ । ताराप्रकाश लिम्बूले संगीत भरेको यो गीतलाई युट्युबमा सार्वजनिक भएसँगै में तेरा हिरोबाट चोरेको आरोप लाग्यो । धेरैले अश्लील शब्दमा गाली गरे । यु ट्युबमा गाली गरिएका शब्द डिलिट गर्ने र आफ्नै आसेपासेलाई तारिफ गर्न लगाएर त्यही तारिफको शब्दमा लाइक गर्नेमा अचेल व्यस्त छन् ।
जनास्था साप्ताहिक बाट

तपाइँको प्रतिक्रिया ।