भूकम्पका कारण बन्द सङ्ग्रहालय सञ्चालनमा

भूकम्पका कारण बन्द सङ्ग्रहालय सञ्चालनमा

ललितपुर, ५ असार । भूकम्पका कारण बन्द भएको पाटन सङ्ग्रहालय सञ्चालनमा आएको छ ।

गत वैशाख १२ गते गएको भूकम्पका कारण दरबार क्षेत्रमा क्षति पुगेकाले बन्द भएको सङ्ग्रहालय शुक्रबार साँझबाट खुला गरिएको हो ।

सङ्ग्रहालका सूचना अधिकृत सुरेशमान लाखेका अनुसार दरबार क्षेत्र एकहप्ता अघिदेखिनै खुल्ला भएको भएपनि सङ्ग्रहालयका भवनहरु केही चर्किएकाले मर्मतको काम सकी सञ्चालनमा ल्याइएको हो ।

image017
लाखेका अनुसार गत वैशाखमा गएको भूकम्पका कारण बन्द रहेको दरबार क्षेत्र, बङ्गलामुखी र कुम्भेश्वर मन्दिर भने एकहप्ता अघिदेखि नै सञ्चालनमा आइसकेको छ ।

मर्मतको काम भइसकेकाले अवलोकनकर्ताले ढुक्क भएर सङ्ग्रहालयको अवलोकन गर्न सकिने बताइएको छ । भूकम्पले पाटन दरबारक्षेत्रभित्र पर्ने चारनारायण, हरिशङ्कर मन्दिर र मनीमण्डप नामक पार्टी पूर्णरुपमा क्षति भएकाले त्यस मन्दिरमा रहेको सामान टहरा निर्माण गरी राख्ने काम भइरहेको छ । रासस

तपाइँको प्रतिक्रिया ।