लेन्ससहितको स्मार्टफोन बजारमा

लेन्ससहितको स्मार्टफोन बजारमा

काठमाडौ, असार(एजेन्सी) : आईबल कम्पनीले एम-एसएलआर कोबाल्ट-४ नामक स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनको मूल्य ८ हजार ४ सय ९९ भारतीय रूपैयाँ(१३ हजार ६ सय रूपैयाँ ) रहेको छ ।

iball_cobalt4

यो स्मार्टफोनको मुख्य विशेषता भनेको यसमा रहेको लेन्स हो । यसमा चार वटा डिट्याचेबल अर्थात् चाहिएको अवस्थामा राख्न सकिने लेन्स रहेको छ । स्मार्टफोनसँगै चार एम-एसएलआर लेन्स पनि पाइन्छ । यी लेन्समा ८ गुना जूम लेन्स, १७५-१८० डिग्रीको फिश आई लेन्स, १० गुना जुम म्याक्रो लेन्स र १३० डिग्री एंगलको वाइड-एंगल लेन्स रहेका छन् । यी लेन्सको मद्धतले अन्य क्यामराभन्दा राम्रो तस्विर खिच्न सकिन्छ । लेन्सलाई राख्नका लागि बक्स र यसलाई सफा गर्नका लागि रूमाल समेत पाइने समाचारहरूमा बताइएको छ ।

स्मार्टफोनका अन्य सुविधाः

स्क्रीन: ५ इंच (५४०*९६० पिक्सेल) क्युएचडी आईपिएस डिस्प्ले

पिक्सेल डेन्सिटी: २२० पिपिआई

प्रोसेसर: १.४ गिगाहर्ज अक्टाकोर कोर्टेक्स-ए७ प्रोसेसर

अपरेटिङ्ग सिस्टम: ४.४ किटकैट

र्‍याम : 1 जीबी

इनबिल्ड स्टोरेज: 8 जीबी, 32 जीबी बढाउन सकिने

तपाइँको प्रतिक्रिया ।