सामसुङका ६० करोड मोबाइल ह्याक हुन सक्ने खतरा

सामसुङका ६० करोड मोबाइल ह्याक हुन सक्ने खतरा

काठमाडौ, असार(एजेन्सी) : सामसुङका करिब ६० करोड मोबाइल ह्याक हुनसक्ने सम्भावना रहेको छ । एक प्रतिवेदनका अनुसार सामसुङको एन्ड्रोइड कीबोर्ड एप्लिकेशनमा बग आएपछि यस्तो सम्भावना बढेको हो । बगका कारण ६० करोड सामसुङ मोबाइल ह्याकर्सले ह्याक गर्न सक्छन् । यो सेक्युरिटी बग एण्ड्रोइड बिल्ट इन कीबोर्डको अपडेटका क्रममा आएको हो । यो कुनै अन्य सामान्य एप अपडेट जसरी नै आउनेछ । यो सेक्युरिटी बग ‘स्वीफ्ट की’ कीबोर्डमार्फत आएको हो, जसले सामसुङको करिब ६० करोड मोबाइलमा पहिले देखी नै इन्स्टल रहेको छ ।

मोबाइल सेक्युरिटी कम्पन्नी नाउसेक्युरका अनुसार यो बग निकै खतरानाक छ किनकी यसको बारेमा प्रयोगकर्ताले केही गर्न सक्दैनन् । यो एप पहिले देखीनै इन्स्टल रहेको छ त यसलाई अनइन्स्टल गर्न सकिँदैन ।

बग के हो ?

सफ्टवेयर बग भनेको कुनै गल्ति, फेलियर वा फल्ट हुन सक्छ, जसका कारण कुनै पनि सफ्टवेयरले सही तरिकाले काम गर्दैन । यदी कुनै सफ्टवेयरमा बग छ भने त्यसले आफूले गर्नुपर्ने हिसाबले काम गर्दैन । यसले गरेको कार्यले सम्पूर्ण डाटा नै नष्ट हुन सक्छ ।

images (2)कुन-कुन डिभाईस हुन सक्छ ह्याक ?

यो बगबाट ग्यालेक्सी एस६, एस५, एस४ र एस४ मिनी र सबै हाई-एण्ड डिभाइस संक्रमित छन् । सामसुङका अनुसार आगामी केही दिनमा उक्त समस्या समाधान गरिने छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा सामसुङ स्विफ्टकी कम्पनीको साथमा पनि काम गरिरहेको छ, जसले यो समस्याको चाँडै चाँडै पुरानो अवस्थामा फर्काउन सकिनेछ ।

मोबाइलको डाटा चोरी हुने खतरा

यो सेक्युरिटी बगका कारण प्रयोगकर्ताको मोबाइलमा सेभ गरिएको बैंक अकाउन्ट विवरण, क्रेडिट कार्ड नम्बर, व्यक्तिगत विवरण आदी चोरी हुन सक्छ । यसका साथै प्रयोगकर्ताको इमेल र पासवर्ड क्लू पनि चोरी हुन सक्छ । नाउसेक्युरको प्रतिवेदनका अनुसार यदी प्रयोगकर्ताको नजिकै ह्याकर छ भने यो बगमार्फत डिटेल्स ची गर्न सक्छ । प्रतिवेदनका अनुसार सामसुंगलाई यो बगका बारेमा डिसेम्बर २०१४ मा भनिएको थियो ।

कसरी बच्ने ?

नाउसेक्युरका अनुसार यस बगबाट बच्नका लागि असुरक्षित बाइफाईमा मोबाइल कनेक्ट नगर्ने । यसका साथै आफ्नो डिभाइसमा स्विफ्टकी एप प्रयोग नगर्ने । तर, पनि ह्याकर्सले डिभावस ह्याक गर्न सक्ने सम्भावना भने रहन्छ ।

तपाइँको प्रतिक्रिया ।