Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/06/chitwan-national-park-01-night.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठमा चितुवा आक्रमण, १ जना घाइते, विद्यालय बन्द

बुनुपा/ काठमाडौं, आषाढ २ । बुढानिलकण्ठ नगरपालिका अन्तर्गत वडा नम्बर–४ बिष्णुमतिमा चितुवाको आक्रमणबाट बुधबार बिहान एक जना स्थानीय घाइते भएका छन् । घाईते हुनेमा मुकुन्द पौडेल रहेको बताईएको छ । खेतमा काम गरिरहेको बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । उनको हातमा चोट लागेको छ । होहल्ला मच्चिएसंगै स्थानियले चितुवालाई भगाएका थिए ।

chitwan national park 01 night

चितुवा आतंकको कारण बुधबार एक दिनलाई बुढानिलकण्ठ आश्रम बिद्यालय समेत बन्द गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट निस्किएको चितुवा अहिले पनि बिद्यालय आसपास नै बस्दा बिद्यालय बन्द गर्नु परेको बिद्यालय प्रशासनले जनाएको छ । चितुवा खोज्न इलाका प्रहरी कार्यालय बुढानिलकण्ठबाट ३ जना प्रहरी परिचालित गरिएको  टोब बहादुर शाही ले कपन अनलाइनलाइ बताए। उनले थपे  हामीले चितुवा देखेका छैनौ  नजिकै झाडीमा लुकेको हुनसक्ने स्थानीयवासीले दिएको जानकारीका आधारमा  सुरक्षा प्रधान गरिरहेका छौ ।

शिवपुरी राष्ट्रिय निकुञ्जसंगै जोडिएको हुंदा उक्त क्षेत्रमा बेला बेलामा चितुवा लगायतका जंगली जनावरले दुख दिंदै आएको  बुधनिलाकण्ठ क्षेत्र बिकास समितिका सदस्य सचिव मनोज श्रेष्ठ बताउछन ।

गत वर्षको जेठ तिन गते कपन सिद्धेश्वर मन्दिर नजिक पनि चितुवाले आक्रमणगरेका कारण चितुवालाई प्रहरीले गोलि हानि मारेको थियो ।

तपाइँको प्रतिक्रिया ।