Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/06/NepaliSahitya.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

मोफसलको साहित्यमा ध्यान दिन आग्रह

बुटवल, २४ जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ साहित्य परिषद्को आयोजनामा शनिबार सम्पन्न विचारगोष्ठीले मुलुकको भाषासाहित्यमा भूमण्डलीकरणले नाङ्गो हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ ।

NepaliSahitya

‘गणोतन्त्रोत्तरकालीन नेपाली कविताका प्रवृत्ति’ विषयको दुईदिने विचारगोष्ठीमा प्रज्ञा–प्रतिष्ठान साहित्य (पद्य) विभागका संयोजक अमर गिरीले दृष्टिकोण स्पष्ट नभएको कविता उत्पादनमूलक नहुने बताउनुभयो ।

सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष विजय सागरले मोफसलको साहित्य सिर्जनालाई संरक्षण र प्रवद्र्धन गरेमा नेपाली भाषा साहित्य सधैँ जीवन्त र ऊर्जावान् हुने छ भन्नुभयो । साहित्यकार ऋषिराम भुसालले जीवन र जगत्प्रति खारिएको चिन्तनसहितको कविता आजको आवश्यता भएकामा जोड दिनुभयो । समापन कार्यक्रममा प्राज्ञ गोपीरमण उपाध्ययले प्रज्ञा–प्रतिष्ठानले मोफसलमा आएर काम गरेकामा खुसी व्यक्त गर्नुभयो ।

गोष्ठीमा रामचन्द्र भट्टाराई, बिन्ध्याचल चौधरी, झपेन्द्र जिसी, देवेन्द्र घिमिरे, कपिल लामिछाने, बुँद रानालगायत ४२ जनाले गणतन्त्रोत्तरकालीन कविता सुनाएका थिए । करिब १०० स्रष्टाको सहभागिता रहेको सो कार्यक्रममा ‘गणोतन्त्रोत्तरकालीन नेपाली कविताका प्रवृत्ति’ विषयमा डा मुरारी पराजुलीले कार्यपत्र पेस गर्नुभएको थियो । सो कार्यपत्रमाथि दिल साहनी, डा नेत्रप्रसाद न्यौपाने, प्रा डा कपिल लामिछाने र प्राज्ञ हेमनाथ पौडेल टिप्पणी गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।