Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/06/ganesh_rasik.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सङ्गीतकार रसिकको एल्बम बजारमा

इलाम, २१ जेठ । वरिष्ठ गायक तथा सङ्गीतकार गणेश रसिकको नयाँ एल्बम बजारमा निस्किएको छ । ‘ओ शून्यता’ नामक आधुनिक गीतमा शब्द सङ्गीत र स्वर रसिककै रहेको छ । ganesh_rasik

नयाँ एल्बममा रसिकको जीवन भोगाईसँग समेटेर आठवटा गीत निकालिएको छ । जसमा ‘ओ शून्यता’ र ‘तिम्रो सुन्दर रुपमा बस्छु म’ गीतमा गायिका झुमा लिम्बूको स्वर रहेको छ भने ‘झुप्रोमा बस्छिन् ती मेरीआमा’ गीतमा रसिकका स्वर्गीय छोरा निमेष रसिकको स्वर रहेको छ ।

यस्तै ‘लाखाँै जुनी कम हुन्छ’, ‘उकालीमा एक्लै हिँड्दा’, “ओ याङ्जी नाना’, ‘कति दिन बाँच्नुु सुन नेपाली हो’ बोलको गीत गायक रसिकको आवाजमा रहेको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव रसिकले भर्खरै बजारमा नयाँ एल्बम ल्याउनुभएको हो । रासस

तपाइँको प्रतिक्रिया ।