भूकम्पपीडित स्रष्टालाई आर्थिक सहयोग

काठमाडौँ, १७ जेठ । साहित्य सन्ध्या र सुनकोसी साहित्य प्रतिष्ठानले सिन्धुपाल्चोकका भूकम्पपीडित चार स्रष्टालाई शनिबार रु पच्चीस हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।

सन्ध्याका अध्यक्ष राम विनय र प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले फटकशिलाका राजेन्द्र भट्टराई, किउलबेंसीका पीताम्बर भण्डारी, सिपा धुसेनी बाडेगाउँका जगन्नाथ आचार्य र वसन्तपुरका यदुनाथ वसन्तपुरेलगायतलाई उहाँहरूकै गाउँमा भेटी सो सहयोग रकम दिनुभएको हो । रासस

तपाइँको प्रतिक्रिया ।